काठमाडौं– मेगा बैंक नेपालले लगानीकर्तालाई ७ दशमलव ८५ प्रतिशत लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको ६ दशमलव ८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैयाँ बराबरको नगद लाभांश र १ दशमलव ००२३३ प्रतिशतले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको हो।
बैंकले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडसँगको मर्जरबाट प्राप्त शेयर स्वाप आदानप्रदान बापतको पुँजीगत कोष नगद लाभांशमार्फत दिन नमिल्ने भएकोले उक्त पुँजीको १ दशमलव ००२३३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको जनाएको छ।
मेगा बैंकको हालको चुक्ता पुँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५ सय ७८ रुपैयाँ रहेको छ। उक्त बोनस सेयरको वितरणपछि चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४ सय ५३ रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।