• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्मचारी समायोजनको असन्तुष्टि समाधानका लागि समितिले दियो ७ सुझाव

64x64
नेपाल लाइभ बिहीबार, पुस १२, २०७५  १२:३४
1140x725

काठमाडौं– कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्टि कायमै रहँदा उत्पन्न असन्तुष्टि समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको एक समितिले सरोकारवाला समेतको छलफलका आधारमा विभिन्न ७ सुझाव सिफारिस गरेको छ। 

गत २३ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन्। तर, उक्त अध्यादेशमा भएका केही व्यवस्थाप्रति कर्मचारीतन्त्रको एउटा तप्काले विरोध गर्दै आएको छ। खासगरी सरुवा, बढुवा, ग्रेडिङ, सेवासुविधा लगायतमा उक्त समूहको विरोध रहँदै आएको छ। 

यसैबीच अध्यादेशप्रति उठेका असन्तुष्टि समाधानार्थ सुझाव सिफारिस गर्न मन्त्रालयले गुनासो व्यवस्थापन समिति गठन गरेको थियो। मन्त्रालयका सहसचिवको संयोजकत्वमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन समेतलाई सहभागी गराएर गठित ६ सदस्यीय समितिले ७ सुझाव सिफारिस गरेको छ। 

कर्मचारी समायोजन गुनासो व्यवस्थापन समितिमा प्राप्त गुनासो तथा सम्बन्धित सरोकारवाला कर्मचारी, स्थानीय तह कर्मचारी ट्रेड युनियन लगायतका संघसंस्थासँग समेतको छलफलका आधारमा उक्त समितिले सुझाव सिफारिस गरेको हो। 

यस्ता छन् समितिका सिफारिस 
समितिले कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीहरू समायोजन हुनुपूर्व बहाल रहेको संघको सम्बन्धित सेवा समूह वा उपसमूहको माथिल्लो पदमा समेत बढुवा हुन सक्नेगरी कानुनी व्यवस्था हुनुपर्ने सिफारिस गरेको छ।

तर, समायोजन भएका निजामती कर्मचारीले स्थानीय र प्रदेश तहमा बढुवाको अवसर लिइसकेको भए त्यस्ता कर्मचारीको हकमा अन्तरसेवा प्रतिस्पर्धामा मात्र उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ। 

अध्यादेश बमोजिम सरकारी सेवाबाट प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले सम्बन्धित सेवा समूहको तीनै तहको अन्तर सेवा प्रतिस्पर्धामा उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गर्न सिफारिस गर्ने सुझाव समितिले दिएको छ।

त्यस्तै, अध्यादेश अध्यादेशमा व्यवस्था भएको सरकारी सेवाबाट प्रदेश र स्थानीय तहमा समायोजन भएका अधिकृत स्तरका कर्मचारीलाई समायोजन भएको ५ वर्ष अवधि पूरा भएपछि आवश्यकता र अनुभवका आधारमा सम्बन्धित तहको सहमति र संघीय लोकसेवा आयोगको परामर्शमा संघीय सेवामा सरुवा गरी ल्याउने मापदण्ड सहितको कानुनी व्यवस्था सिफारिस पनि समितिले गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तथा प्रदेश तहमा सेवा हस्तान्तरण भई समायोजन भएका र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय तहमा स्वतः समायोजन भएका एवं कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम समायोजन हुने तहगत कर्मचारीको सेवाको अनुभव, शैक्षिक योग्यताको आधारमा विभिन्न सेवा समूहको तहगत समकक्षतामा निर्धारण गर्न आवश्यक देखिएकाले तहगत एकरुपता कायम गर्न र श्रेणीगत तथा तहगत समकक्षता मिलान गर्न आवश्यक कानुनी व्यवस्था गर्न पनि समितिले सिफारिस गरेको छ। 

समितिले अनिवार्य अवकास हुन एक वर्षभन्दा कम अवधि बाँकी भएका सरकारी कर्मचारीलाई समायोजनको स्वेच्छिक व्यवस्था गर्न व्यवस्था हुने सिफारिस गरेको छ। 

यसैगरी अध्यादेश बमोजिम सरकारी सेवाबाट प्रदेश तथा स्थानीय सेवामा समायोजन भएका कर्मचारीले समायोजन भएको तहमा ५ वर्ष अवधि काम गरेपछि हाल कार्यरत तह र सरुवा भइजाने तहको सहमतिमा प्रदेश निजामती सेवामा समायोजन भएको कर्मचारी अर्को प्रदेशको प्रदेश निजामती सेवामा र स्थानीय तहमा समायोजन भएको कर्मचारी अर्को प्रदेशको स्थानीय तहमा समेत सरुवा हुन सक्नेगरी कानुनी व्यवस्था गर्न सिफारिस गर्नुपर्ने सुझाव समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। 

राजपत्र अनंकित प्रथम श्रेणीमा सेवा प्रवेशको लागि सम्बन्धित सेवा, समूह सम्बन्धित नियमावलीमा तोकिएको न्यूनतम शैक्षिक योग्यतालाई आधार मानी त्यस्तो शैक्षिक योग्यता हासिल गरेका सरकारी सेवाका कर्मचारीलाई सेवा अवधिको आधारमा अध्यादेश को दफा ७ को उपदफा ४ बमोजिम प्रदेश वा स्थानीय तहमा समायोजन गर्दै छैठौं तहमा समायोजन गर्ने व्यवस्था गर्न समितिले सिफारिस गरेको छ। 

Xtrem

Xtrem

अध्यादेशको दफा १७ मा कर्मचारी समायोजन सम्बन्धी कार्यको अनुगमन गर्ने, अन्तर निकाय समन्वय गर्ने र आवश्यकता अनुसार निर्देशन दिने प्रयोजनका लागि निर्देशन तथा समन्वय समिति गठन गर्ने व्यवस्था छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री संयोजक रहने उक्त समितिको सदस्यमा मुख्य सचिव, सेवा सञ्चालन गर्ने निकायका सचिव, प्रशासन विज्ञ रहनेछन् भने समितिको सदस्य सचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रहने व्यवस्था छ। 

सोही समितिको यही १ पुसमा सम्बन्धित सरोकारवाला कर्मचारी, कर्मचारी सम्बद्ध संघसंस्था, अन्य सरोकारवालाबाट प्राप्त गुनासो र अस्पष्टता तत्काल स्पष्ट गर्न बुँदागत सुझाव दिन गुनासो व्यवस्थापन समिति गठन गरेको थियो। सोही समितिले सरकारलाई सुझाव पेस गरेको हो। उक्त सुझाव मन्त्री संयोजक रहेको निर्देशन तथा समन्वय समितिमा पेस भइसकेको छ। 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्