काठमाडौं– मुद्रा बजार र पूँजी बजारको सुधारका लागि ५८ बुँदे सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएसँगै नेप्सेमा उछाल आएको छ।
सुझाव प्रतिवेदन बुझाएपछिको पहिलो कारोबार (आइतबार) नेप्से परिसूचक ३२ दशमलव २४ अंकले बढेर ११ सय ९८ दशमलव १८ को बिन्दुमा आइपुगेको छ।
कारोबारमा पनि उच्च वृद्धि भएको छ। यसदिन १ सय ६४ कम्पनीको ८७ करोड ५५ लाख ७२ हजार ७ सय ६३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आइतबार कारोबारमा आएका उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ। बिमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
निर्जीवन बिमा कम्पनीको सेयर सूचक ३ सय १८ अंक र जीवन बिमा समूह २ सय ४७ अंकले बढेको छ।
त्यस्तै होटल र माइक्रोफाइनान्स समूह ६३ अंकले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।