काठमाडौं- राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले झन्डै ८० लाख रुपैयाँ खर्च गर्दै नयाँ गाडी खरिद गरेको छन्। कार्यकारी अध्यक्ष खरेलले आफ्ना लागि स्याङयोङ कम्पनीको कोरियन कार कोरेन्डो खरिद गरेको हुन्।
खरेल आफैंले गत कात्तिक २९ गते नेपाल एयरलाइन्स वित्तीय जोखिममा परेको भन्दै श्वेतपत्र जारी गरेका थिए। श्वेतपत्र जारी गर्दै खरेलले सरकारसँग निगमको पुँजी विस्तारका लागि भन्दै २० अर्ब रुपैयाँ माग समेत गरेका थिए।
'निगममा आवश्यक गाडी नभएको हैन,’ स्रोतले भन्यो, ‘पुरानो गाडी अध्यक्षले चढ्न नहुने भन्दै खरेलले नयाँ गाडी खरिद गरेका हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।