दक्षिण कोरिया– नेपालको संघीय शिक्षा नीति, देश विकास र अनुसन्धानमा प्रवासमा रहेका नेपालीहरुले खेल्नसक्ने भूमिकाका विषयमा छलफल गर्न दक्षिण कोरियामा शैक्षिक सेमिनार गरिने भएको छ।
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था नेपाली विद्यार्थी समाज (सोनसिक)ले यहि डिसेम्बर २९ र ३० का दिन सेमिनार आयोजना हुनेछ। कोरियाको इक्सानस्थित वोनखोङ्ग विश्वविद्यालयमा हुने सेमिनारमा कोरियामा रहेका विभिन्न विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धान गरिरहेका नेपाली विद्यार्थीहरुले आफ्नो अनुभव तथा ज्ञानलाई नेपालको विकास र समृद्धिमा कसरी जोड्ने भन्ने सम्बन्धमा छलफल गरिने कार्यक्रम रहेको समाजका अध्यक्ष तुलसी पौडेलले जानकारी दिए।
पौडेलकाअनुसार देस विकास तथा यस सम्बन्धी नीतिगत कार्यान्वयनमा विदेशमा रहेका विद्यार्थीको समन्वयकारी भूमिका कस्तो हुने भन्ने विषयमा समेत बहस हुनेछ।
सेमिनारमा कोरियामा रहि लामो समय शिक्षा र अनुसन्धानमा संलग्न रहेका व्यक्तिहरु, विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थी तथा प्रवासी नेपाली समुदायको सहभागिता रहने पौडेलले बताए।
कार्यक्रममा गरिने छलफलको निष्कर्षलाई प्रतिवेदनको स्वरूप दिएर नेपाल सरकारको सबन्धित निकायमा बुझाउने योजना रहेको कार्यक्रमका संयोजक प्रकाश देवकोटाको भनाइ छ।
समाजले हरेक वर्ष फरक–फरक विषयमा शैक्षिक सेमिनार आयोजना गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।