रिम्बो– संयुक्त राष्ट्रसंघको पहलमा स्वीडेनमा भइरहेको यमनको सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार कैदीहरूको नाम सार्वजनिक गरेका छन्।
वार्ता सुरू भएको ठीक एक हप्ता पुग्दा उनीहरूबीच कतिपय विषयहरूमा सहमतिको सम्भावना देखिएको छ भने केही विषयमा दुवै अडानमा अडिग देखिएका छन्।
यमनी राष्ट्रपति अबेद्रब्बो मन्सुर हाडी र राज्यको उत्तरी क्षेत्रमा पकड कायम रहेको हुथी विद्रोहीबीच सन् २०१५ देखि सुरु भएको द्वन्द्वका कारण यमनमा दश हजारभन्दा बढी ब्यक्तिको ज्यान गएको राष्ट्रसंघ तथ्याङ्क रहेको छ।
तर, यमनबारे चासो राख्दै आएका विभिन्न अधिकारवादी समूहहरूले यमनमा द्वन्द्वका कारण मृत्यु हुनेको संख्या उक्त संख्याको पाँच गुणा बढी रहेको बताउने गर्छन्।
यमनमा द्वन्द्वका कारण करिब १ लाख ४० हजार नागरिकले भोकमरीको चरम संकट व्यहोर्दै आएका छन्।
यमनी हुथी विद्रोहीले वार्तामा दुवै पक्षबाट द्वन्द्वका कारण पीडित बनेका जम्मा १५ हजार कैदीहरूको नाम सार्वजनिक भएको घोषणा गरेको छ भने सरकारी प्रतिनिधिमण्डलले आफ्नोतर्फबाट ८ हजार कैदीको नाम सार्वजनिक गरेको बताएको छ।
यद्यपि संयुक्त रूपमा कति नामहरू सार्वजनिक भए प्रतिक्रिया दिन चाहेन।
दुवै पक्षलाई नाम दोहोरायर हेर्न आगामी दुई हप्ताको समय दिइएको छ।
स्वीडेनमा भएको वार्ता यमनी विद्रोहीसँगको पहिलो वार्ता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।