एजेन्सी– टर्कीएमा भएका दुई छुट्टाछुट्टै खानी दुर्घटनामा ६ जना कामदारको मृत्यु भएको छ ।
पश्चिमी टर्कीएको मनिसा प्रान्तस्थित सोमामा बिहीबार खानी भत्किँदा सात जना कामदार फसेका थिए । उद्धार टोलीले दुई जनाको शव निकाल्नुका साथै दुई जनालाई जीवितै उद्धार गरी अस्पताल पुर्याएको थियो ।
शुक्रबार बिहान खानीभित्र फसेका थप तीन जनाको शव फेला परेपछि मृतकको संख्या पाँच पुगेको हो ।
दुर्घटनापछि खानी सञ्चालन गर्ने कम्पनीका व्यवस्थापकसहित नौ जना अधिकारीलाई सम्भावित लापरबाहीको आरोपमा नियन्त्रणमा लिइएको छ । सोमा सन् २०१४ मा भएको विनाशकारी खानी दुर्घटनाका कारण पनि चर्चित छ, जहाँ ३०१ जनाको ज्यान गएको थियो ।
यसैबीच, टर्कीएको उत्तरपश्चिमी क्षेत्रमा रहेको किलिम्ली नजिकै अर्को अनुमति नभएको खानी भत्किँदा एक कामदारको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई अस्पताल पु¥याए पनि उपचारका क्रममा मृत्यु भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।