• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

64x64
नेपाल लाइभ शुक्रबार, असोज १६, २०८३  ०९:०१
1140x725

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलतर्फ जाँदै गरेको विमानका सहपाइलटले गरेको आक्रमणमा इरानको संलग्नता पुष्टि भए इरानमाथि धेरै कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।

बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूले विमानका सहपाइलट र इरानबीच कुनै सम्बन्धबारे आफूलाई जानकारी दिइएको छ कि छैन भनेर सोध्दा ट्रम्पले अनुसन्धान भइरहेको बताए। उनले आफूले पाएको जानकारीका आधारमा इरानको संलग्नता हुन सक्ने संकेत गर्दै भने,‘म अहिले जे सुनिरहेको छु, त्यसका आधारमा उत्तर हो जस्तो लाग्छ। तर हामी अहिले यसबारे काम गरिरहेका छौं।’

इरान संलग्न भएको पुष्टि भए अमेरिकाले तेहरानमाथि कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नमा ट्रम्पले भने,‘उनीहरूमाथि धेरै कडा सैन्य कारबाही हुनेछ, चिन्ता नगर्नुहोस्।’

फ्लाईदुबईको उक्त विमानमा १८२ जना सवार थिए। संयुक्त अरब इमिरेट्स (यूएई)बाट तेल अभिभतर्फ उडेको विमानका सहपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरेपछि विमान अचानक तीव्र रूपमा तल झरेको थियो। त्यसपछि यात्रुहरूले ककपिटमा प्रवेश गरी सहपाइलटलाई नियन्त्रणमा लिए र विमानलाई सुरक्षित रूपमा साउदी अरबको ताबुकमा अवतरण गराएका थिए।

घटनाको कारण र सहपाइलटको उद्देश्यबारे अनुसन्धान भइरहेको छ। अनुसन्धानबारे जानकारी राख्ने एक क्षेत्रीय अधिकारीका अनुसार ओमानका नागरिक रहेका संदिग्धलाई पक्राउ गरिएको छ। साउदी अधिकारीहरूले इजरायलसहित यूएई, अमेरिका र ओमानका निकायसँग समन्वय गरेर घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।

ती अधिकारीका अनुसार आतंकवाददेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्यासम्मका सबै सम्भावनाबारे अनुसन्धान भइरहेको छ र हाल कुनै सम्भावनालाई अस्वीकार गरिएको छैन।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने संदिग्ध सहपाइलटलाई इस्लामवादी विचारधाराबाट प्रभावित बनाइएको दाबी गरेका छन्। उनलाई कसले कट्टरपन्थतर्फ उन्मुख गरायो भन्ने प्रश्नमा भने नेतन्याहुले आफूलाई थाहा नभएको बताएका छन्। उनको कार्यालयले सहपाइलटलाई वैचारिक रूपमा प्रभावित गरिएको निष्कर्षमा कसरी पुगियो भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

नेतन्याहुका अनुसार इजरायली उड्डयन नियममा रहेको एउटा प्राविधिक छुटका कारण ओमानजस्तो इजरायलसँग कूटनीतिक सम्बन्ध नभएको देशका पाइलटलाई सामान्यतः इजरायल उडानमा रोक लाग्ने व्यवस्था भए पनि उक्त सहपाइलट उडानमा सहभागी हुन सकेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यात्रुले ककपिट नियन्त्रणमा लिए
विमानमा सवार यात्रुहरूले क्याप्टेनलाई सहयोग गर्दै ककपिट नियन्त्रणमा लिन सफल भएका थिए। भारतीय नागरिक क्याप्टेन स्मित मच्छारमाथि सहपाइलटले आक्रमण गरेका थिए। घाइते अवस्थामै उनले ककपिटको ढोका खोलेपछि यात्रुहरू भित्र प्रवेश गरेका थिए।

यात्रुहरूले सहपाइलटलाई नियन्त्रणमा लिएर विमानको तीव्र अवतरण रोक्न सहयोग गरेका थिए। विमान यति तीव्र गतिमा तल झरेको थियो कि त्यस क्रममा विमानको रडरसमेत क्षतिग्रस्त भएको बताइएको छ।

घटनामा सहभागी असफ राजुआनले भने,‘हामी असहाय महसुस गरिरहेका थियौं। हावामै झुन्डिएजस्तो लागेको थियो र कसलाई सहयोग माग्ने भन्ने थाहा थिएन। तर बाँच्नका लागि सबै कुरा स्वाभाविक रूपमा भयो।’

घटनाका क्रममा विमानभित्र खिचिएको भिडियोमा सहपाइलटलाई घुँडा टेकेको र हात पछाडि बाँधिएको अवस्थामा देखाइएको छ। उनलाई नियन्त्रणमा लिन प्रयोग गरिएको हतियार के थियो भन्ने खुलेको छैन।

Xtrem

Xtrem

क्याप्टेन मच्छारको अहिले यूएईको राजधानी अबुधाबीमा उपचार भइरहेको भारतीय सरकारले जनाएको छ।

इजरायली अधिकारी पनि अनुसन्धानमा सहभागी हुने
क्षेत्रीय अधिकारीका अनुसार इजरायलका गुप्तचर तथा सुरक्षा अधिकारीहरू सहपाइलटमाथिको अनुसन्धानमा सहयोग गर्न साउदी अरब पुगेका छन्। इजरायलले अनुसन्धानका लागि संदिग्धलाई आफ्नो देश पठाउन अनुरोध गरेको भए पनि उक्त अनुरोध स्वीकार हुने वा नहुने स्पष्ट छैन।

साउदी अरब र इजरायलबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन। यद्यपि सुरक्षा तथा गुप्तचरसम्बन्धी विषयमा दुवै देशले वैकल्पिक माध्यमबाट सहकार्य गर्दै आएका छन्।

यूएई सरकारले पनि आफ्नै अनुसन्धान टोलीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। विमान यूएईमा दर्ता भएकाले विमानभित्र भएका अपराधमा यूएईको कानुन लागू हुने उसको भनाइ छ। अनुसन्धानले घटना कुनै आतंकवादी उद्देश्यसँग जोडिएको थियो कि थिएन भन्ने विषयसमेत हेर्नेछ।

इरानको संलग्नताको कुनै संकेत छ कि छैन भन्ने प्रश्नमा नेतन्याहुले त्यसबारे निष्कर्ष निकाल्न अहिले चाँडो हुने बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५५ जनाको शव फेला
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलतर्फ जाँदै गरेको विमानका सहपाइलटले गरेको आक्रमणमा इरानको संलग्नता पुष्टि भए इरानमाथि धेरै... शुक्रबार, असोज १६, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य फ्लाई दुबईको एफजेड१०७३ उडानमा भएको घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन यूएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल–शम्सीले विश... बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५५ जनाको शव फेला शुक्रबार, असोज १६, २०८३
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी शुक्रबार, असोज १६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज १६, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम शुक्रबार, असोज १६, २०८३
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्