काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक दिउँसो ३ बजे घन्टीघरमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
बैठकका स्थानीय निर्वाचनसहित पाँच अजेन्डा रहनेछन्। खरेलका अनुसार स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन र केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौं’ अभियानबारे छलफल हुने कार्यसूची छ।
त्यस्तै, मधेस प्रदेश संगठनको अडिट रिपोर्टबारे छलफल तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।