न्यूयोर्क– टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘वर्ष व्यक्तिव’ को उपाधि दिने घोषणा गरेको छ।
उक्त सम्मानबाट यस वर्ष खसोग्गीसहित अन्य पिडित पत्रकार, फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वालोन र क्वासोए उ उक्त उपाधिबाट सम्मानित हुने भएका हुन्।
‘टाइम’ले सन् १९२७ देखि वार्षिकरूपमा वर्ष व्यक्तिवको उपाधिमार्फत सम्मानित गर्दै आएको छ। यद्यपि प्रेस्टिजिअस कभरका लागि मरोणोप्रान्त उक्त उपाधि प्राप्त गर्ने खसोग्गी पहिलो व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।