काठमाडौं– जनता बैंक नेपालले लगानीकर्तालाई ८ दशमलव ५० प्रतिशत बोनस सेयर दिने भएको छ।
मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट लगानीकर्तालाई ८ अर्ब ७ लाख चुक्ता पुँजीबाट ६८ करोड रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।