काठमाडौं– भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचनकाे सुरुवाती मत परिणाममा सत्तारुढ दल भारतीय जनता पार्टी पछाडि परेको छ।
मध्य प्रदेशमा विजेपी र कांग्रेस प्रतिस्पर्धामा टक्कर दिइरहेका छन्। राजस्तानमा भने प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी पछाडि परेको छ। तेलंगानामा भने सत्तारुढ गठबन्धन अगाडि रहेको छ।
चुनावी सुरुवाती नतिजालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीको बैठक समेत बोलाएका छन्। पाँच राज्यको विधान सभामा सत्तारुढ दल पछाडि हुनुको कारणबारे समीक्षा गर्न प्रधानमन्त्री मोदीले पार्टीका बैठक डाकेका हुन्।
विजेपीको शक्तिशाली नेता रमन सिंह सुुरुवाती मतगणनामा कांग्रेस उम्मेदवार करुण शुक्लाभन्दा पछाडि परेका छन। छत्तिसगढको राजनांदगाउँको विधान सभा क्षेत्रमा उनी काँग्रेस उम्मेदवार भन्दा पछाडी परेका हुुन्।
मध्य प्रदेशमा विजेपीले सय सिटमा अग्रता लिएको छ भने कांग्रेस १सय ६ स्थानमा अगाडि रहेको छ।
राजस्थानमा विजेपी ८५ सिटमा अगाडी रहेको छ भने कांग्रेसले ९४ स्थानमा अग्रता कायम गरिरहेको छ।
सुरुवाती परिणाममा छत्तिसगढमा कांग्रेस पुर्ण बहुमततर्फ अगाडि बढेको छ।
कांग्रेस ५६ सिटमा अगाडि रहेको छ भने विजेपी २७ सिटमा अग्रता कायम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।