काठमाडौं– गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडियाप्रति आक्रोश व्यक्त गरेका छन्।
_x000D_
_x000D_
कोरियाली संस्था युनिभर्सल पिस फाउन्डेसन (युपिएफ) को नेपाल शाखाले शुक्रबारदेखि गर्न लागेको एसिया प्यासेफिक समिटका विषयमा सरकारलाई जोडेर गरिएको प्रचारप्रति मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाए। उनले सो कार्यक्रममा सरकार सहआयोजक नभएको प्रष्ट पारे। नेपालमा हुने यस्ता कार्यक्रममा सहजीकरण गर्नु सरकारको दायित्व भएको उनले बताए।
_x000D_
_x000D_
उनले सो कार्यक्रमका विषयमा मिडियामा आएका समाचारप्रति असन्तुष्टि जनाएका हुन्। 'कतिपय मिडिया खै किन हो मास कम्युनिकेसनको फेक न्युज प्रोड्युसर कम्पनीको रुपमा विकास हुन थालेको हो कि भन्ने लाग्छ। काल्पनिक, अत्यन्त भ्रामक, गैरजिम्मेवार तरिकाले व्यक्त गर्नुहुन्छ', उनले आरोप लगाए।
_x000D_
_x000D_
उनले आफूहरुले 'भिजिट नेपाल २०२०' मनाइरहेको बेलामा यस्ता कार्यक्रमले प्रचारको काम गर्ने दाबी गरे। 'यसले नेपालको अन्तर्राष्ट्रिय छबि उजागर नै हुनेछ', बाँस्कोटाले भने।
_x000D_
_x000D_
कार्यक्रममा सरकारले ५५ लाख खर्च गर्ने बताए। पाहुनालाई सुरक्षा दिनु नेपालको गौरवको कुरा भएको उनले बताए। अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध बनाइरहेको र त्यो सरकारको नियमित काम भएको उनले बताए। 'गर्नै नहुने जसरी कुरा आएको छ, यो एकप्रकारको फोबिया हो', उनले भने, 'संकीर्णताबाट माथि उठौं।'
_x000D_
_x000D_
अन्य देशका राष्ट्र प्रमुख नेपाल आउनु आफैंमा आकर्षणको विषय भएकाले त्यसमा घृणा फैलाउनुपर्ने आवश्यकता नभएको उनको तर्क छ।
_x000D_
_x000D_
मन्त्री बाँस्कोटाले समाचारको भेरिफाइ गर्न पत्रकारहरुलाई आग्रह गरे। 'आज एउटा ठूलो अंग्रेजी दैनिकले मलाई जोडेर निर्मलाको विषय उठाउनुभएको छ। कहीँ भेरिफाइ गर्नुभएको छ', उनले सोधे।
_x000D_
_x000D_
बाँस्कोटाले बिहान उठेर समाचार पढेर सूचना लिन खोज्नेप्रति दायित्वबोध गर्न सञ्चार माध्यमलाई आग्रह गरे। उनले असत्य लेख्ने मिडिया एकदिन उदांगो हुने बताए। 'असत्य कुरा कतिञ्जेल टिक्छ भन्ठान्नुभएको छ', उनले चुनौति दिए।
_x000D_
_x000D_
'हामीले राइट टु इम्फर्मेसनको कुरा उठाइरहेका छौं भने नागरिकले पनि त्यो पाउनुपर्छ। एकोहोरो फेक न्युज, फेक न्युजले फ्रिडम अफ एक्प्रेसन पनि खतरामा पर्न सक्छ।'
_x000D_
_x000D_
उनले पूर्वाग्रहको सीमा ननाघ्न सचेत गराए।
_x000D_
_x000D_
उनले निर्मला पन्तको विषयमा आफूलाई जोडेर आएका समाचारको खण्डन गरे। 'एकजना छोरी मान्छे मारिँदा सरकारको के दुस्मनी छ र त्यसलाई रोक्न लाग्नुपर्ने? त्यस विषयका न्युजहरु रोक्नुपर्ने? यस खालको गैरजिम्मेवार कुरा हुन के सरकारको प्रवक्तालाई रेबिज लागेको छ भन्ठान्नुभएको छ', उनले प्रश्न गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
उनले सधैं फेक भयो भने एकदिन सञ्चार क्षेत्र आफैं धराशायी हुने बताए। 'आफैंले किन यो अभियान चालिरहेको हो, म बुझ्दिनँ। म खेद व्यक्त गर्न चाहन्छु', उनले भने।
_x000D_
_x000D_
निर्मलाका बारेका बोलेको भनेर आफूलाई जोडेर आएको समाचार पुष्टि हुन्छ भने आफू एक मिनेट पनि कुर्सीमा नबस्ने बाँस्कोटाले बताए।
_x000D_
_x000D_
उनले लोकतन्त्र अराजकतन्त्र नभएको सञ्चारकर्मीलाई सम्झाए।
_x000D_
_x000D_
'जनतालाई सबै कुरा भ्रम हो भन्ने भयो भने के हुन्छ? त्यहाँ काम गर्ने र लगानी गर्नेको के हुन्छ', उनले सोधे।
_x000D_
_x000D_
उनले सरकारले भनेको आधिकारिक नहुने तर अरुले भनेको आधिकारिक हुने किन भनेर प्रश्न गरेका थिए। 'सरकारभन्दा बाहेक के स्थापना गर्न खोजेको हो', उनले प्रश्न गरे, 'आधिकारिकता मापन गर्ने निकाय कहाँ छ?'
_x000D_
_x000D_
मंगलबार निकै तामझामका बीच सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रमको प्रचार प्रसारका लागि ६७ लाख खर्च भएको मन्त्री बाँस्कोटाले जानकारी दिए। सो कार्यक्रमको प्रचार प्रसारको लागि सरकारले काठमाडौंको रोड छेउका पोलहरुमा प्रधानमन्त्रीको फोटो सहितको पोस्टर, अनलाइन र दैनिक पत्रिकामा विज्ञापन दिएर प्रचार गरेको थियो।
_x000D_
_x000D_
सो कार्यक्रममा अनावश्यक खर्च गरिएको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्रीले भने तामझाम सहितको प्रचारलाई सरकार कहाँ छ भनी देखाउन गरिएको बताएका थिए।
_x000D_
_x000D_
यो पनि पढ्नुहोस्– यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।