रसुवा– रसुवा भन्सार कार्यालयले लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजश्व असुली गरेको छ। चालू आर्थिक वर्षको कात्तिक महिनामा राखेको लक्ष्यभन्दा कार्यालयले ४४ प्रतिशत बढी राजश्व असुली गरेको हो।
_x000D_
_x000D_
कात्तिक महिनामा ६० करोड ४५ लाख ४५ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको कार्यालयले ८७ करोड २ लाख ८६ हजार राजश्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी भुपेन्द्र कार्कीले बताए।
_x000D_
_x000D_
यसअघि कार्यालयले साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड ४ लाख ७७ हजार रुपैयाँ राजश्व असुली गरेको थियो। यस्तै, भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार र असोजमा ६० करोड ९ लाख ३८ हजार लक्ष्य राखेकोमा २ अर्ब ३२ करोड ६९ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
कार्यालयले असोजमा लक्ष्यभन्दा ३ सय ८७ दशमलब २२ प्रतिशत बढी राजस्व संकलन गरेको थियो। साउन महिनामा लक्ष्यको ५२ प्रतिशत, भदौमा ३१ दशमलब ६१ प्रतिशत राजश्व सङ्कलन गरेको सूचना अधिकारी कार्कीले बताए।
_x000D_
_x000D_
चालू आर्थिक वर्षको पहिलो चार महिनामा दुई अर्ब तीन करोड ६६ लाख ८३ हजार लक्ष्य राखिएको थियो। चार महिनामा तीन अर्ब ७४ करोड ९३ लाख १८ हजार असुली गरिसकिएको उनले स्पष्ट पारे। कार्यालयले वार्षिक लक्ष्यको ५३ प्रतिशत राजस्व असुली गरिसकेको छ।
_x000D_
_x000D_
कार्यालयलाई यो वर्ष सात अर्ब १५ करोड ६२ लाख ५५ हजार राजस्व असुल्ने लक्ष्य दिइएको छ। वर्षाको समयमा बाढीपहिरोले एक महिनासम्म सडक अवरुद्ध हुँदा घाटा बेहोरेको कार्यालयले पछिल्लो समय लक्ष्यभन्दा बढी राजश्व असुली गरिररहेको छ।
_x000D_
_x000D_
रसुवा भन्सार कार्यालयले साढे ४ महिनाको राजश्व लक्ष असोज महिनामै असुली गरेको थियो। चाडपर्वहरु तथा जाडो मौसमका कपडाहरुमा आयात बढेसँगै राजश्व असुलीमा वृद्धि भएको बताइएको छ। तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट निकासीपैठारी बढेसंगै भन्सार असुली पनि बढेको हो।
_x000D_
_x000D_
कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तः शुल्क भ्याट लगायतका शुल्कवापत भन्सार असुली गर्ने गर्दछ। जाडोयाम सुरु भएसँगै अहिले केरुङबाट जाडोका कपडाको आयातमा समेत वृद्धि भएको बताइएको छ। चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ।
_x000D_
_x000D_
चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ताचप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरु जाने गरेको छ।
_x000D_
_x000D_
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।