काठमाडौं- सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ।
_x000D_
_x000D_
अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करीब ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुने गरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिएका हुन्।
_x000D_
_x000D_
सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, 'दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन सरकारले आर्थिक कार्यविधि ऐन तत्काल ल्याउने तयारी गरेको छ।'
_x000D_
_x000D_
करको रकम दुरुपयोग हुन नदिन मातहतका सचेत गराएका खतिवडाले वित्तीय संघीयता कार्यान्वयन सहज ढंगले अघि बढिरहेको दाबी गरेका थिए।
_x000D_
_x000D_
आर्थिक कारोबार पारदर्शी बनाउन सरकारले सबै निकायमा विद्युतीय भुक्तानी कारोबार प्रणालीलाई लागू गर्ने काम तीव्रताका साथ गरिरहेको अर्थमन्त्री खतिवडाको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।