काठमाडौं- नेपाल वायुसेवा निगमको वित्तीय अवस्था जोखिममा परेको देखिएको छ। निगमले बिहिबार श्वेतपत्र जारी गर्दै उल्लेख गरेको तथ्यांकले यस्तो देखाएको हो। निगमले संस्थाको पूँजी, नाफा(नोक्सान तथा दीर्घकालीन ऋणको दायित्ववारे पत्रकार सम्मेलन जारी गर्दै आज विवरण सार्वजनिक गरेको हो।
_x000D_
_x000D_
निगमको दीर्घकालीन कूल ऋणभार ३७ अर्ब ५८ करोड पुगेको छ। निगमले १० दशमलव ५ प्रतिशत वार्षिक व्याजमा नागरिक लगानी कोषबाट सबैभन्दा बढी १२ अर्ब ऋण लिएको छ। निगममा रहेको ऋणको वार्षिक ब्याजमात्र ३ अर्ब भन्दा बढी हुने श्वेतपत्रमा उल्लेख छ। निगमको सञ्चित नोक्सान २ अर्ब ६० करोड पुगेको छ भने अधिकृत पूँजी ३० करोड रहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।