काठमाडौं– सरकारले सहकारी संस्थाहरुलाई वित्तीय अनुशासन पालना गर्न सचेत गराएको छ।
_x000D_
_x000D_
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जनताको लगानी भएको उल्लेख गर्दैै त्यसको सही परिचालनका लागि सहकारी संस्थाहरुलाई वित्तीय अनुशासन पालना गर्न सचेत गराएका हुन्।
_x000D_
_x000D_
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरुले जसरी नै सहकारी संस्थाहरुले पनि वित्तीय अनुशासन पालना गरेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे। सचिव मैनालीले प्रदेश र स्थानीय तहमा सहकारी संस्थाहरुको नियमनका लागि आवश्यक संस्थागत संरचना र जनशक्ति परिचालनको काममा ढिलाइ नहुने पनि जानकारी दिए।
_x000D_
_x000D_
सचिव मैनालीले सहकारी संस्थाहरुको कडा अनुगमन गर्नेगरी सरकारले को–अपरेटिभ प्रणालीलाई कार्यान्वयनमा ल्याएको पनि स्मरण गराए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् सहकारी अभियन्ता केशव बडालले गलत बाटोमा लागेका सहकारी संस्थाहरुलाई कारबाही गर्न सरकारसँग माग गरे। उनले सरकारले पनि सहकारी संस्थाहरुलाई सहज ढंगले अघि बढाउन आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
पूर्व कृषिमन्त्री समेत रहेका बडालले नेपालको गरिवी निवारणमा सहकारी संस्थाहरुले खेलेको भूमिकाको उचित मूल्यांकन राज्यले गर्न नसकेको गुनासो पनि गरे। नेता बडालले सहकारी संस्थाहरुको उचित व्यवस्थापन गरेर यसको प्रभावकारी परिचालन गर्न सरकारले ढिलाइ गर्न नहुने पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।