काठमाडौं– सरकारले ‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ।
_x000D_
_x000D_
अर्थमन्त्री डा युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सिपमा आधारित हस्तकलालगायतका उद्योग ग्राम स्थापना गर्न आग्रह गरेका हुन्।
_x000D_
_x000D_
बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री खतिवडाले ‘उद्योग ग्राम’ स्थापना गर्ने स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा पनि गरे।
_x000D_
_x000D_
अर्थमन्त्री खतिवडाले मुलुकको हस्तकलालगायतका बौद्धिक सम्पत्ति चोरी हुन नदिन सरकारले बौद्धिक सम्पत्तिमाथिको अधिकारसम्बन्धि ऐन संशोधन प्रक्रिया अघि बढाएको पनि जानकारी दिए। उनले हस्तकलासम्बन्धी बौद्धिक सम्पत्ति चोरी हुन नदिन अपनाउनुपर्ने उपायका सम्बन्धमा आवश्यक सुझाव दिन पनि हस्तकला व्यवसायीहरुलाई आग्रह गरे।
_x000D_
_x000D_
अर्थमन्त्री खतिवडाले नेपालबाट निर्यात हुने हस्तकलाको यकिन तथ्यांक संकलन गर्ने काममा सहयोग गर्न पनि व्यवसायीहरुलाई सचेत गराए।
_x000D_
_x000D_
उनले हस्तकला मेलाका लागि आवश्यक प्रर्दशनी स्थल निर्माण गर्ने घोषणासमेत गरे।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विश्वमा नेपालको परिचय दिलाउन सफल हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताइन्। नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पनि हस्तकला क्षेत्रले उल्लेख्य योगदान दिएको उनको भनाइ थियो।
_x000D_
_x000D_
नेपाल हस्तकला महासंघले अयोजना गरेको मेला ५ दिनसम्म चल्नेछ। मेलामा करिब १ सय ७० वटा स्टल राखिएका छन्। मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तर्राष्ट्रिय व्यापारीहरुका करिब २० वटा स्टल पनि रहेको मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए।
_x000D_
_x000D_
मेलामा उत्कृष्ट हुने स्टललाई ५० हजार रुपैयाँ नगदसहित पुरस्कारको व्यवस्था पनि गरिएको छ। काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बाँस र जडिबुटीका सामग्रीहरु मेलामा मुख्य आकर्षणका रुपमा राखिएका छन्।
_x000D_
_x000D_
मेलामा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ। नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अर्ब बराबरको खरिद बिक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात हुने गरेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।