हुम्ला- चीनको ताक्लाकोटदेखि सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन्।
_x000D_
_x000D_
चीनको तिब्बतको ताक्लाकोटदेखि हुम्लाको उत्तरी क्षेत्र हुँदै नेपागञ्ज जमुनाहसम्म जोड्ने सडक र रेलको सम्भाव्यता अध्ययनका लागि मुख्यमन्त्री शाहीसहितको टोली हुम्ला पुगेको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली काठमाडौँ हुँदै हुम्लाको हिल्सा पुगेका हुन्। 
_x000D_
_x000D_
नेपालकै उत्तर दक्षिण जोड्ने छोटो मार्ग भएकाले अन्तर्राष्ट्रिय राजमार्गका रुपमा विकास गर्नबारे अध्ययन गर्न चिनियाँ सरकारको प्रतिनिधि टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत अन्य मन्त्री हुम्ला पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ।
_x000D_
_x000D_
केही महिना अघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडक, विद्युतलगायतका विषयमा चीन सरकारसँग छलफल गरेका थिए।
_x000D_
_x000D_
कर्णाली करिडोर खुलालु हुम्लाको हिल्सा सिमिकोट सडकखण्डको लम्बाइ २ सय ८१ किलोमिटर रहेको हिल्सा सिमिकोट सडकखण्ड कार्यालयका प्रमुख शशांक मिश्रले बताए। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।