• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राजदूतका रुपमा भारत जानुअघि नै इपिजी प्रतिवेदन सार्वजनिक हुन्छ : निलाम्बर आचार्य

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  १२:१९
1140x725

काठमाडौं– भारतका लागि नेपालका तर्फबाट राजदुत पदमा सिफारिस निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको साझा प्रतिवेदन छिट्टै नै सार्वजनिक हुने बताएका छन्। नेपाल लाइभसँगको कुराकानीमा आचार्यले आफू राजदुत भई कार्य आरम्भ गर्नुअघि नै प्रतिवेदन सार्वजनिक हुनेमा आफू आशावादी रहेको जिकिर गरे।

_x000D_ _x000D_

‘इपिजीले तयार पारेको साझा प्रतिवेदन छिट्टै नै सार्वजनिक हुन्छ’, आचार्यले भने, ‘सम्भवतः राजदूत सिफारिस भएकाहरुको संसदीय सुनुवाइ भई आफ्नो कार्य स्थल जानुअघि नै प्रतिवेदन सार्वजनिक हुन्छ।’

_x000D_ _x000D_

भारतका लागि राजदुतमा सिफारिस भएका आचार्य इपिजीका नेपालतर्फका एक सदस्य हुन्। दुई देशबीच रहेका असमान सन्धि, सम्झौता र १९५० को शान्ति तथा मैत्री सन्धिमा रहेको असमानता पुनरावलोकन गर्न गठित उक्त समूहले हालसम्म आफ्नो प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन। गत असार १६–१७ गते काठमाडौंमा बसेको इपिजीको नवौँ बैठकले साझा प्रतिवेदन सार्वजनिक गर्ने बताए पनि भारतीय प्रधानमन्त्रीको समय अभावका कारण प्रतिवेदन सार्वजनिक गर्न नसकिएको उत्तर दिँदै आएको छ।

_x000D_ _x000D_

भारत मलेसिया र युएईका लागि राजदुत सिफारिस

_x000D_ _x000D_

सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न देशका लागि राजदूत पदमा नाम सिफारिस गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस गरेको हो। राजदूत सिफारिस हुने देशमा छिमेकी राष्ट्र भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्।

_x000D_ _x000D_

सरकारले भारतका लागि राजदूतमा पूर्व कानुनमन्त्रीसमेत रहिसकेका निलाम्बर आचार्यलाई सिफारिस गरेको छ। भारतका लागि राजदूतको दौडमा पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र नेकपा नेता राजन भटट्राई पनि रहेको स्रोतको दाबी छ। भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नजिक रहेर काम गर्ने इच्छा राखेपछि आर्चायलाई राजदूत सिफारिस गरिएको हो। भट्टराई आइतबार मात्रै प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाकारमा नियुक्त भएका छन्।

_x000D_ _x000D_

यसअघि असार ३२ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको थियो। उप्रेतीलाई राजदूतमा सिफारिस गरिए पनि उनको नाममा सत्तारुढ पार्टी भित्रै समझदारी जुट्न नसकेपछि उप्रेतीका लागि संसदीय सुनुवाइ गर्नबाट सरकार पछि हटेको थियो। उपे्रतीको नाममा विवाद आएसँगै सरकारले मलेसियाका लागि राजदूतमा सिफारिस उदयराज पाण्डेको नाम पनि सुनुवाइका लागि पठाएको थिएन।

_x000D_ _x000D_

यस्तै, आइतबारको मन्त्रिपरिषद् बैठकले मलेसिया र युएईका लागि पनि राजदूत सिफारिस गरेको छ। मलेसियाका लागि यसअघि नै सिफारिस भएका पाण्डेको नाम राजदूतका रुपका फेरि सिफारिस गरिएको छ भने युएईका लागि परराष्ट्र मन्त्रालय कै सहसचिव कृष्णप्रसाद ढकालको नाम प्रस्ताव गरिएको छ। असार ३२ गतेको राजदूत सिफारिसमा ढकाललाई युएई र परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालको नाम संयुक्त राष्ट्र संघका लागि न्युर्योकस्थित नेपाली स्थायी प्रतिनिधिका रुपमा सिफारिस गरिए पनि उनीहरु दुवैको नाम सार्वजनिक भने गरिएको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

करिब एक वर्षअघिदेखि रिक्त रहेको न्युर्योकस्थित नेपाली स्थायी प्रतिनिधि पदमा भने सरकारले यसपटक कुनै पनि नाम सिफारिस गरेको छैन। अर्कोतर्फ आइतबारकै मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिकाका राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णय गरेको छ। अझै एक वर्ष कार्यकाल बाँकी रहेका परराष्ट्र सेवाका राईलाई राष्ट्र संघ स्थायी प्रतिनिधिका रुपमा पठाउन दक्षिण अफ्रिकाबाट फिर्ता बोलाउने निर्णय भएको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनायो। उता स्थायी प्रतिनिधिका रुपमा काम गर्न राई स्वयम् इच्छुक रहेको चर्चा पनि परराष्ट्र मन्त्रालय भित्र चल्दै आएको थियो।

_x000D_ _x000D_

यसैबीच, भारतका लागि सिफारिस गरिएका राजदूतले भुटान र अफगानिस्तानको आवासीय राजदूतको रुपमा पनि कार्यभार सम्हाल्नु पर्नेछ। यस्तै, मलेसियाका राजदूतले बु्रनाई र इन्डोनेसियाको आवासीय राजदूतको रुपमा काम गर्नु पर्ने परराष्ट्र अधिकारीले जनाए। भुटान, अफगानिस्तान, बु्रनाई र इन्डोनेसियामा नेपालको राजदूतावास नभएका कारण यी देशमा भारत र मलेसियाका राजदूतले यसअघि देखि नै आवासीय राजदूतको रुपमा काम गर्दै आएका छन्।

_x000D_ _x000D_

राजदूत नियुक्तिको गलत अभ्यास

_x000D_ _x000D_

नेपालको राजदूत नियुक्तिको प्रक्रियामा पनि समस्या रहेको पाइन्छ। राजदूत नियुक्त हुुनुपूर्व नियुक्त हुने व्यक्तिका बारेमा ‘होस्ट कन्ट्री’बाट ‘एग्रिमो’ लिनुपर्नेमा त्यसको उल्टो संसदीय सुनुवाइपछि सिफारिस व्यक्तिको ‘एग्रिमो’का लागि पठाउँदा समस्या आउने गरेको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

राजदूत नियुक्त हुनु पहिले ‘एग्रिमो’ लिने अन्य देशको प्रचलन भए पनि नेपालका हकमा भने पहिले संसदीय सुनुवाइ गर्ने अनिमात्र ‘एग्रिमो’ लिन पठाउने गलत प्रचलन बसेको नेकपा नेता देवेन्द्र पौडेल स्वीकार्छन्। ‘संसदीय सुनुवाइ भइसकेको व्यक्तिको हकमा यदि होस्ट कन्ट्रीले एग्रिमो नपठाउने हो भने नेपालको संसदीय गरिमा माथि नै प्रश्न चिन्ह उठ्छ’, पौडेल थप्छन्, ‘संसदीय गरिमा माथि प्रश्न उठ्नु भनेको देशको सार्वभौमिकता माथि नै प्रश्न उठ्नु हो।’

_x000D_ _x000D_

यसअघि, डा बाबुराम भट्टराई नेतृत्वको सरकारले तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीलाई भारतको राजदूतका रुपमा गरेको सिफारिस भारतले उनका नाममा ‘एग्रिमो’ नपठाउँदा स्वीकृत हुन पाएको थिएन। कार्कीकी श्रीमती भारतको सिक्किममा सरकारी कर्मचारीको रुपमा कार्यरत रहेकी र कार्की भारतको राजदूत भएको खण्डमा उनकी श्रीमतीले पनि कूटनीतिक सेवा सुविधा प्राप्त गर्ने हुँदा उनलाई एग्रिमो दिन नसकिने भारतले जवाफ दिएको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्