काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजन भट्टराई नियुक्त भएका छन्। आइतबार राति सकिएको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो।
_x000D_
_x000D_
पूर्वसांसद भट्टराई नेपाल-भारत प्रबुद्ध समूह (इपिजी) का सदस्यसमेत हुन्। माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि उनी परराष्ट्र सल्लाहकार थिए।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार, सञ्चार, जनसम्पर्क लगायतका विभागमा सल्लाहकार नियुक्त गरे पनि विदेश मामिला सम्बन्धी सल्लाहकार नियुक्त गर्न सकेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।