• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १७, २०८२ Mon, Nov 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मन्त्रिपरिषद् बैठकको निर्णय किन गुपचुप? सरकारका प्रवक्ता भन्छन्– मसी सुक्न नपाउँदै विरोध हुन्छ, हैरान भइयो

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  ०६:०७
1140x725

काठमाडौं-  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय तत्कालै सार्वजनिक नगर्ने विषयको बचाउ गरेका छन्।

_x000D_ _x000D_

मन्त्रिपरिषद्को बैठक सकिनासाथ प्रवक्ताले संक्षिप्त र छानिएका निर्णयहरु बारे बताउने प्रचलन रहे पनि आइतबारको बैठकपछि भने उनले कुनै सूचना दिएका थिएनन्। आइतबार राति सकिएको बैठकपछि निस्कँदै प्रवक्ता बाँस्कोटाले उपलब्ध सञ्चारकर्मीहरुलाई भनेका थिए, 'आवश्यक निर्णयहरु गरिएको छ। र, समय क्रममा तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ। आजको लागि यत्ति नै। धन्यवाद।'

_x000D_ _x000D_

यत्ति भनेर बिदा मागेका मन्त्रीलाई थप जिज्ञासा राखेपछि भनेका थिए, 'यसको अलिकति केही नयाँ प्रबन्ध गर्दैछौं हामी, डिटेलमा दिनका लागि। फरक व्यवस्थासाथ आउँछौं होला।' 

_x000D_ _x000D_

सरकारको यस्तो कदमको आलोचना भइरहेको छ। सूचना लुकाउन सरकार उद्यत भइरहेको भन्ने टिप्पणी सुरु हुँदै गर्दा प्रवक्ता बाँस्कोटाले भने आफूहरु नयाँ ढंगले अघि बढ्न खोजेको प्रतिक्रिया दिएका छन्। 'हामी नयाँ तरिका र हिसाबले जानकारी गराउनेछौं। अब पहिलेकै जसरी आउँदैन। अर्कै ढंगले आउँछ', नेपाल लाइभसँग उनले भने, 'तपाईंहरुलाई सूचना त आउँछ नै। यो हप्ता यस्तै भयो। अर्को हप्ता नयाँ ढंगले आउँछ।'

_x000D_ _x000D_

बाँस्कोटाले निर्णयहरु अब खण्डखण्डमा नभई समग्रमा आउने बताएका छन्। तत्काल नै निर्णय सार्वजनिक गर्दा ७२ घन्टासम्म मन्त्रीहरुले निर्णय सच्याउन पाउने अधिकारको सदुपयोग गर्न नपाएको उनले बताए। 'हैरान भइयो क्या। मसी सुक्न नपाउँदै सार्वजनिक गर्‍यो। केही केही सच्याउनुपर्ने हुन्छ', उनले भने, 'निर्णय नै बाहिर भन्दिएपछि सच्याउन पाइएन।'

Ncell 2
Ncell 2
_x000D_ _x000D_

प्रवक्ताले आफूहरुले सूचना लुकाउन नखोजेको बताए। बरु अलि व्यवस्थित र विस्तृत ढंगले सूचना दिन खोजेको उनको भनाइ छ।

_x000D_ _x000D_

'१८/२० वटा निर्णय'
_x000D_ प्रवक्ता बाँस्कोटाले आइतबारको मन्त्रिपरिषद् बैठकले १८/२० वटा निर्णय गरेको बताएका छन्। यद्यपि, आइतबारको बैठकबाट केही देशका राजदूत सिफारिस भएको मन्त्रीहरुले जानकारी गराएका छन्। भारतका लागि संविधानविद् नीलाम्बर आचार्य, मलेसियाका लागि पूर्वराजदूत उदयराज पाण्डे र संयुक्त अबर इमिरेट्सका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाल सिफारिस भएका छन्।

_x000D_ _x000D_

'बढीजसो अर्थ र गृहका प्रस्तावहरु पारित भएको छ', बैठकमा सहभागी एक मन्त्रीले भने।

_x000D_ _x000D_

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घन्टाभन्दा पनि लामो समय बैठक बसेको थियो। तर प्रवक्ता बाँस्कोटाले निर्णयबारे भने जानकारी दिएका थिएनन्।

_x000D_ _x000D_

के छ व्यवस्था?
_x000D_ नेपाल सरकार (कार्य सम्पादन) नियमावली, २०६४ मा मन्त्रिपरिषद्को निर्णय प्रवक्ताले सुरक्षाको दृष्टिले गोप्य राख्नुपर्ने वा संवेदनशील प्रकृतिका निर्णयबाहेक अन्य विषयमा मन्त्रिपरिषद्बाट भएका निर्णय सामान्यतः २४ घण्टापछि सार्वजनिक गर्ने व्यवस्था छ। तर, प्रवक्ताले उपयुक्त ठहर्‍याएको कुनै सार्वजनिक महत्वको विषयमा सोभन्दा अगाडि पनि सार्वजनिक गर्नछन्।

_x000D_ _x000D_

यसअघि निर्णयहरु संक्षिप्त रुपमा तत्कालै सार्वजनिक हुने गरेका थिए। तर, सुरक्षाको दृष्टिले गोप्य राख्नुपर्ने वा संवेदनशील प्रकृतिका निर्णयहरुबाहेक अन्य निर्णयहरु भने २४ घण्टापछि सार्वजनिक गर्नुपर्ने छ। आइतबारको बैठक राति पौने १० बजे सकिएको थियो।
_x000D_

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता सोमबार, कात्तिक १७, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, कात्तिक १७, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्