काठमाडौं– अब दसैंबाहेक अन्य चाडपर्वको बेलामा पनि नयाँ नोट साट्न पाइने भएकाे छ। नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै दसैं बाहेक अन्य पर्वमा पनि नयाँ नाेट साट्ने पाइने व्यवस्था गरिएकाे जनाएकाे हाे।
_x000D_
_x000D_
नव वर्ष, उभौली, बुद्ध जयन्ती, गौरा पर्व, इन्द्रजात्रा, छठ, संविधान दिवस लगायतका राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसहरुमा पनि नयाँ नोट साट्न सक्ने व्यवस्था गरिएकाे राष्ट्र बैंकले जनाएको छ।
_x000D_
_x000D_
राष्ट्र बैंकले मुद्रा व्यवस्था विभाग थापाथली तथा बैंकको उपत्यका बाहिरका शाखा कार्यालयहरु विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट साट्न सकिने छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।