काठमाडौं- नेपाल र कम्बोडियाबीच हवाई सम्झौता गर्ने तयारी भएको छ। संस्कृति, पर्यटन, तथा नागरिक उड्डय मन्त्रालयले पहिलो पटक दुई देशबीच हवाई सम्झौताको तयारी गरेको हो।
_x000D_
_x000D_
मन्त्रालयका सह-सचिव सुरेश आर्चायका अनुसार कम्बोडियाका प्रधानमन्त्री साम्देच अक्का मोहा सेना पादेइ देचो हुन सेन (छोटकरीमा हुन सेन)को नेपाल भ्रमणको समयमा दुई देशबीच पहिलो पटक हवाई सम्झौताको तयारी गरिएको हो। कम्बोडियाका प्रधानमन्त्री हुन सेन यही नोभेम्बर ३० मा राजकीय भ्रमणका रुपमा नेपाल आउँदैछन्। सोही अवसर पारेर दुई देशबीच हवाई सम्झौता हुन लागेको आचार्यले जानकारी दिए।
_x000D_
_x000D_
हवाई सम्झौताको तयारी भएपनि कुन देशले कति उडान गर्ने लगायतका विषयमा भने मन्त्रालयले खुलाएको छैन।
_x000D_
_x000D_
बुद्धिष्ट देशको आकर्षण बढ्दो
_x000D_
_x000D_
पछिल्लो समय बुद्धिष्ट देशहरूले नेपालमा उडान गर्न चासो देखाउन पनि थालेका छन्। त्यसको कारण हो, गौतम बुद्धअन्तर्राष्ट्रिय विमानस्थल। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले २०१९ भित्रै संचालनमा ल्याउने तयारी गरेसँगै बुद्धिष्ट देशले नेपाल उडानमा आकर्षित भएका हुन्।
_x000D_
_x000D_
हालै भियतनामसँग हवाई सम्झौता भएको छ भने थाइल्यान्डसँग पनि भर्खरै पुरानो हवाई सम्झौता नवीकरण भएको थियो। सरकारले अर्को बुद्धिष्ट देश कम्बोडियासँग हवाई सम्झौता गर्न लागेको मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।