काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन्। यसै क्रममा हालसम्म चार वाणिज्य बैंकले पनि पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
_x000D_
_x000D_
वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा कृषि विकास बैंक, माछापुच्छ्रे बैंंक, सिद्धार्थ बैंक र प्रभु बैंक रहेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार सबै बैंकको अधिकांश सूचक सकारात्मक छन्।
_x000D_
_x000D_
कृषि विकास बैंकको खुद नाफा ८२ प्रतिशतले बढ्यो
_x000D_
_x000D_
कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६६ करोड ३१ लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। आघिल्लो वर्षको तुलनामा यो ८२ दशमलब १९ प्रतिशतले बढी हो। अघिलो वर्ष बैंकले ३६ करोड ३९ लाख ७२ हजार रुपैयाँ कमाएको थियो।
_x000D_
_x000D_
बैंकले चालु आर्थिक वर्षमा सञ्चालन मुनाफा ९९ दशमलब ७० प्रतिशतले बढाएर ७६ करोड ६८ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ। बैंकको चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रुपैयाँ रहेको छ। बैंकले निक्षेप संकलन ३ दशमलब ३४ प्रतिशतले बढाएर १ खर्ब २ अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै कर्जा प्रवाह १७ दशमलब ४६ प्रतिशतले बढाएर १ अर्ब ३ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ।
_x000D_
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ८४ करोड ५८ लाख ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ६१ दशमलब ३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब १४ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
_x000D_
_x000D_
बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा ११ रुपैयाँ ४१ पैसाले बढेर २७ रुपैयाँ ३५ पैसा पुगेको छ। बैंकको निष्कृय कर्जा ३ दशमलब ९३ प्रतिशत रहेको छ।
_x000D_
_x000D_
माछापुच्छ्रे बन्यो पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक
_x000D_
_x000D_
माछापुच्छ्रे बैंक पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुमा पहिलो बनेको छ। बैंकले बिहीबार प्रकाशन गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड(एनएफआरएस) अनुसारको प्रतिवेदनमा लाभांशको रुपमा वितरण गर्न योग्य रकम (रेगुलेटरी एड्जस्टमेन्ट) रकम अघिल्लो वर्षको तुलनामा ३७ दशमलब ७१ प्रतिशतले बढेको छ।
_x000D_
_x000D_
अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख रुपैयाँ रहेको लाभांश वितरण गर्न योग्य रकम यस वर्ष ३८ करोड ६९ लाख रुपैयाँ पुगेको छ। बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवैलाई बढाएको छ। बैंकको निक्षेप संकलन २९ प्रतिशतले बढेर ७७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा प्रवाह ३० प्रतिशतले बढेर ७१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।
_x000D_
_x000D_
बैंकको खुद ब्याज आम्दानी पहिलो त्रैमासमा ४७ दशमलब ८९ प्रतिशतले बढेर ८४ करोड २५ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा ४ रुपैयाँ ११ पैसाले बढेर १८ रुपैयाँ ४६ पैसा पुगेको छ। बैंकको निष्क्रिय कर्जा शून्य दशमलब ०२ अंकले बढेर शून्य दशमलब ४७ मा पुगेको छ। बैंकको तरलता अनुपात २१ दशमलब ५४ प्रतिशत रहेको छ।
_x000D_
_x000D_
सिद्धार्थ बैंकको नाफा ५२ करोड ५० लाख
_x000D_
_x000D_
सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ४३ दशमलब १० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३६ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो।
_x000D_
_x000D_
८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा रहेको छ। बैंकले चालु आर्थिक वर्षका १ अर्ब २४ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ।
_x000D_
_x000D_
बैंकले १ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको निष्कृय कर्जा १ दशमलब ४० प्रतिशत रहेको छ।
_x000D_
_x000D_
३५ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा
_x000D_
_x000D_
प्रभु बैंकले पहिलो त्रैमासमा ५९ करोड ८४ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ७१ दशमलव ५७ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ३४ करोड ८७ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
_x000D_
_x000D_
साथै बैंकको लाभांशको रुपमा वितरण गर्न योग्य रकम (रेगुलेटरी एड्जस्टमेन्ट) अघिल्लो वर्षको तुलनामा १ सय ५६ दशमलव ४९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा २५ करोड ७ लाख रुपैयाँ रहेको लाभांश वितरण गर्न योग्य रकम यस वर्ष ६४ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
_x000D_
_x000D_
तीन महिनाको अवधिमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवैलाई बढाएको छ। बैंकको निक्षेप संकलन २४ दशमलव ३४ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा प्रवाह २८ दशमलव ७ प्रतिशतले बढेर ८६ अर्ब १ करोड रुपैयाँ पुगेको छ।
_x000D_
_x000D_
बैंकको खुद ब्याज आम्दानी पहिलो त्रैमासमा ४७ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब ८४ १३ करोड ३६ लाख रुपैयाँ बढेको छ। यस अवधिमा बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७ पैसा पुगेको छ। बैंकको निष्क्रिय कर्जा १ दशमलव ७२ अंकले घटेर २ दशमलव ५१ मा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।