काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार पर्यटन पूर्वाधारको विकासमा लागी परेकाे बताउका छन्।
_x000D_
_x000D_
जिल्ला होटल व्यवसायी संघ काठमाडौंको दोस्रो साधारणसभाको उद्घाटन गर्दै मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक मुलुकमा भित्र्याउन सरकार पूर्वाधार विकासमा लागेको स्पष्ट पारे। 'सन् २०२० देखि २०३० सम्मलाई नै भ्रमण वर्षका रुपमा विकास गर्नका लागि सरकार लागिपरेको छ', उनले भने।
_x000D_
_x000D_
मन्त्री अधिकारीले भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनदेखि नेपाल वायुसेवा निगममार्फत जहाज खरिद गर्ने काम पर्यटक क्षेत्रको विकासका लागि भएको उल्लेख गरे।
_x000D_
_x000D_
मुलुकले स्थायी सरकार पाएको भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सरकारले व्यवसायीमैत्री वातावरण निर्माणमा लागेको उनले बताए। मुलुकको आन्तरिक पर्यटक प्रवर्द्धनका लागि जिल्ला होटल व्यवसायी सङ्घले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । 'पर्यटकलाई लक्षित गरेर होटल सञ्चालन गर्नुहोस्, यसका लागि सरकार सहयोग गर्न तयार छु' उनले उल्लेख गरे।
_x000D_
_x000D_
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य कृष्ण अर्यालले पर्यटन बोर्डले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि छिट्टै नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए।
_x000D_
_x000D_
जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष शैलेश कार्कीले सरकारले व्यवसायीलाई कर बढाएर दुःख दिने काम गरेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा गर्न व्यवसायी लागेका छन्, व्यवसायीलाई व्यवसाय गर्ने वातावरण प्रदान गर्नुहोस्”, उनले भने।
_x000D_
_x000D_
काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पदम लिम्बू, नेपाली होटल व्यवसायी सङ्घका उपाध्यक्ष जीतेश गिरी, समाज सुधार महिला मञ्चकी अध्यक्ष लक्ष्मी भण्डारी लगायतले होटल व्यवसायीलाई सरकारले दुःख दिएर मुलुकको पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए। कार्यक्रममा जिल्ला होटल व्यवसायी सङ्घमा आबद्ध अन्य होटल सङ्घलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।