काभ्रे- राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधानले दिएका अधिकार कार्यन्वयन गर्न तीन तहका सरकार योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन्।
_x000D_
_x000D_
शनिबार काभ्रेमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले जनतालाई धेरै अधिकार प्रदान गरेको बताउँदै ती अधिकार जनतासम्म पुर्याउन तीन तहका सरकार लागी पर्नुपर्ने धारणा राखेका हुन्ख्नु। ‘नेपालको संविधान विश्वमै उत्कृष्ट छ। यसले जनतालाई धेरै हक र अधिकार दिएको छ,’ उनले भने, ‘तर यो चुनौतीपूर्ण छ।'
_x000D_
_x000D_
जनताको झुपडीसम्म पुर्याउन संघीय, प्रदेश तथा स्थानीय सरकारले योजना बनाएर दिनरात काम गर्नुपर्ने उनले बताए। जनताले आफ्नो अधिकारको आभाष गर्न देश समृद्ध हुनुपर्ने धारणा अध्यक्ष तिमिल्सिनाले राखेका थिए।
_x000D_
_x000D_
संविधानअनुसार तीन तहमा स्थायी सरकार बनेपछि अब सबै नेपालीले देश समृद्ध बनेको हेर्न चाहेको बताए। तीन तहका सरकारको समन्वय र सहकार्यमा गाउँ–गाउँसम्म सडक, बिजुली, शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारलाई निमार्ण तथा स्तरोन्नतिमा जोड दिनुपर्ने सुझाब उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।