बझाङ– डिभिजन वन कार्यालयका वन अधिकृत र सहायक वन अधिकृत एकै पटक सरुवा हुँदा नियमित काममा समस्या भएकाे छ।
_x000D_
_x000D_
लामो समयदेखि बझाङ जिल्लामा काम गर्दै आएका वन अधिकृत अशाेक श्रेष्ठ र सहायक वन अधिकृत सुरेन्द्र कठायत हुँदा कार्यालयको काम प्रभावित बनेको हाे।
_x000D_
_x000D_
अधिकृत श्रेष्ठले २ वर्ष ९ महिना बझाङमा बसेर काम गरेका थिए भने सहायक अधिकृत कठायतले ६ वर्ष बझाङमा सेवा गरेका थिए।
_x000D_
_x000D_
श्रेष्ठ प्रदेश नम्बर ५ मा र कठायत कैलाली सरुवा भएर गएका छन्।
_x000D_
_x000D_
उनीहरू सुर्मा साइपाल कर्मचारी मिलन केन्द्रले शुक्रबार विदाइ गरेको थियाे।
_x000D_
_x000D_
उनीहरू सरुवा भएलगत्तै कामकाजमा समस्या भएकाे कर्मचारीकाे गुनासाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।