काठमाडौँ– भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण गरिएको पुल आजदेखि सञ्चालनमा ल्याइएको छ।
_x000D_
_x000D_
हनुमन्ते खोला पुल उपभोक्ता समितिले मध्यपुर-ठिमि नगरपालिका–१ घलातेमा २९ लाख ३५ हजार लागतमा निर्माण गरेको उक्त पुलका लागि जिल्ला समन्वय समितिबाट १३ लाख ६६ हजार ४ सय ७७, भक्तपुर नगरपालिकाबाट १ लाख ७७ हजार ५ सय ६९ र स्थानीय उपभोक्ताबाट संकलित ५७ हजार २ सय ३३ उपलब्ध गराइएको थियो।
_x000D_
_x000D_
उक्त पुलबाट मध्यपुरथिमि नगरपालिका तथा सूर्यविनायकका हजारौँ स्थानीयबासीलाई आवतजावतमा सहज भएको छ।
_x000D_
_x000D_
पुल उद्घाटनका क्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले हनुमन्ते नदीको सफाइ अभियानसँगै विकासको गतिलाई सँगसँगै जाडेर लगिने बताए।
_x000D_
_x000D_
उनले राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा देश विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
सांसद बस्नेतले कोटेश्वर-जडीबुुटीको जाम हटाउन हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण प्रक्रिया अघि बढिसकेको पनि बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।