काठमाडाैं– बालअधिकारका लागि राष्ट्रिय अभियानका युवाहरूले काभ्रेको धुलिखेलमा कार्यक्रम भइरहेको अवस्थामा हस्तक्षेप गर्दै ब्यानर काटेका छन्।
_x000D_
_x000D_
एनजिओ, आइएनजिओ र सरकारको गलत प्रवृत्तिविरुद्ध चेतावनी दिँदै कार्यक्रम बिथोल्दै हिँडेका उनीहरु शुक्रबार धुलिखेल पुगेका थिए।
_x000D_
_x000D_
धुलिखेलको एक रिसोर्टमा किशोरी सञ्जालको पाँचौ राष्ट्रिय भेला सुरु भइसकेको थियो। त्यसपछि पुगेका उनीहरुले हलमा टाँगिएको ब्यानरमा भएको आयोजक र सहयोगी संस्थाको लोगो काट्दै आयन्दा यस्ता कार्यक्रम नगर्न चेतावानी दिए।
_x000D_
_x000D_
यसभन्दा अघि काठमाडौंको राष्ट्रिय सभागृहमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको दोस्रो बालिका सम्मेलनमा उनीहरूले बालबालिका सम्बन्धी विधेयक २०७५ च्यातेका थिए।
_x000D_
_x000D_
लोगाे च्याने क्रममा अभियन्ता धीरज जोशीले हप्तामा दुई वटा कार्यक्रम गरेर बालबालिकालाई पात्र मात्र बनाएर डलरको खेती गरेको भन्दै आक्रोश पोखे। उनले भिआइपी होटलमा कार्यक्रम गरेर बालबालिकाको नाममा पैसा खाने प्रवृत्तिको अन्त्य गर्न आफूहरू यसरी उत्रनु परेको बताए। ‘यतिका आइएनजिओले बालबालिकाको नाममा डलर खेती गरे, तर उपलब्धि के भयो? बालश्रम कहाँ अन्त्य भयो,' उनले भने, ‘हामी यही डलर खेतीको अन्त्यको अभियानमा छौं।’
_x000D_
_x000D_
अर्का अभियन्ता प्रविन सिलवालले नेपालमा निर्मला पन्त जस्ता बालिका बलात्कार भइरहँदा एनजिओ आइएनजीओ मौन बसेको भन्दै विरोध गरे।
_x000D_
_x000D_
भर्खरै संशोधन भएको बालश्रम ऐनको विधेयकले बालश्रमलाई प्रश्रय दिएको भन्दै सरकार बालश्रमको विषयमा गम्भीर नदेखिएको उनीहरुले गुनासो गरेका छन्। ‘संशोधित विधेयक यो बालअधिकार महासन्धि, अन्तराष्ट्रिय श्रम महासन्धी विरुद्ध रहेको छ,’ सिलवालले भने।
_x000D_
_x000D_
ऐन संशोधन नहुँदासम्म र निर्मला बलत्कारपछि हत्याका दोषीलाई कारबाहीको दायरमा नल्याउँदासम्म बालबालिकाको क्षेत्रमा कुनै परियोजना, कार्यक्रम, गोष्ठी नगर्न उनीहरुले चेतावनी पनि दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।