सप्तरी– क्षतिपूर्तिवापत मृतक परिवारले पाउने ४५ लाख रुपैयाँ बेपत्ता गरेको आरोपमा प्रहरीले शुक्रबार ३ जना कर्मचारीलाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा मृत्यु भएका सप्तरीको कञ्चनरुपका बौवालाल सदाकी श्रीमती डोली सदाले पाउने क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का २९ वर्षीय विजय यादव, राजविराज नगरपालिका–७ का ३५ वर्षीय राजाराम यादव र झापा भद्रपुर नगरपालिका–२ का २९ वर्षीय नारायणप्रसाद निरौलालाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
विजय स्थानीय शान्ति समिति भङ्ग भएपछि जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन् भने राजारामसमेत स्थानीय शान्ति समितिमा कार्यरत रहेका थिए। यसअघि जिल्ला प्रशासन कार्यालयमा लेखापाल पदमा कार्यरत निरौला गत बैसाखमा मात्र सरुवा भई भूमिगत सिँचाइ कार्यालय विराटनगरमा कार्यरत छन्।
_x000D_
_x000D_
कतारमा २०७२ साल फागुनमा मृत्यु भएका सदाकी श्रीमती डोलीले पाउने क्षतिपूर्तिवापतको रकम ठगी गरेर भागबण्डा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी कारबाही थालिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए।
_x000D_
_x000D_
विष्टका अनुसार बौवालालको मृत्यु भएपछि क्षतिपूर्तिवापत परराष्ट्र मन्त्रालयमार्फत डोलीले पाउने ४४ लाख ९३ हजार रुपैयाँ मिलोमतो गरी भागबण्डा गरेर ठगी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्।
_x000D_
_x000D_
लामो समयसम्म रकम हात नलागेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीमा आएर गुनासो गरेपछि प्रजिअले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरी अनुसन्धान गर्न निर्देशन दिएका थिए। डोलीकै नाममा खाता खोली उनैलाई प्रयोग गरेर रकम गायब गरिएको सम्भावना देखिएपछि अनुसन्धान गरिएको जिप्रका सप्तरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।