काठमाडौं– नेपाल वायु सेवा निगमले शनिबार लुक्लाका लागि दाेब्बर उडान भर्ने भएकाे छ। नियमित रुपमा २ वटा उडान भर्दै अाएकाे नेवानिले शिनबारका लागि भने ४ उडान तय गरेकाे हाे। नेवानिका प्रवक्ता अशोक सिग्देलका अनुसार शनिबार २ वटा नियमित उडान, एउटा चार्टर्ड र एउटा डिले उडान भर्ने तालिका छ।
_x000D_
_x000D_
पर्यटकीय सिजन र दसैंका कारण यात्रुको चाप बढी भएको कारण एकैदिनमा ४ वटा उडान भर्न लागिएको प्रवक्ता सिग्देलले बताए।
_x000D_
_x000D_
नेवानिले करिब दुई सता अगाडि मात्रै लुक्लाका लागि चिनियाँ विमान 'वाई-१२' काे परीक्षण उडान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।