काठमाडौं– बालुवा व्यवसायीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपेका महानगरीय प्रहरी प्रभाग, सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायव निरीक्षक(सई) ज्योति विष्टसहित ४ जना प्रहरी धरौटीमा रिहा भएका छन्। विशेष अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
_x000D_
_x000D_
न्यायाधीशहरु द्धारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले उनीहरुलाई जनही ४ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
_x000D_
_x000D_
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक विष्टसहित ४ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले काँडाघारी र कोटेश्वरमा अनुसन्धान गरी ९ जना प्रहरी कर्मचारीलाई समेत यसै प्रकरणमा नियन्त्रणमा लिएको थियो।
_x000D_
_x000D_
अख्तियारले अवैध तरिकाले बालुवा निकाली बिक्री गर्ने गिरोहसँग मिलेर घुस लिइरहेको समयमा भदौ ३० गते घुससहित ९ जना प्रहरीलाई नियन्त्रणमा लिएको थियो।
_x000D_
_x000D_
घुस रकमसहित अख्तियारको फन्दामा पर्नेमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुंगानासहित ९ जना रहेका थिए।
_x000D_
_x000D_
आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार रुपैयाँ घुसको रकमसहित कोटेश्वरको मुनीभैरव मन्दिर नजिकै रहेको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको थियो। लुम्बिनी तन्दुरी भोजनालयबाट आयोगले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेश पटेललाई पनि नियन्त्रणमा लिएको थियो। पटेलको साथबाट ५ हजार रुपैयाँ घुस रकम बरामद गरिएको थियो।
_x000D_
_x000D_
पक्राउ पर्नेहरुमा २ जना प्रहरी सहायक निरीक्षक (असई), दुई हवल्दार र चार जना प्रहरी जवान रहेका थिए। प्रहरी कर्मचारीले मनोहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाइदिने भन्दै ठेकेदारसँग घुस मागेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।