काठमाडौं– सवारी साधनको लिखित र प्रयोगात्मक परीक्षामा पास भएको परिक्षार्थीलाई फेल भएको भनि घुस लिने यातायात व्यवस्था कार्यालयका नायव सुब्बालाई अख्तियारले पक्राउ गरेको छ।
_x000D_
_x000D_
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय अन्तर्गगत सुकेधारामा कार्यरत रहेका नासु नवराज पराजुलीलाई ५ हजार घुससहित पक्राउ गरेको हो।
_x000D_
_x000D_
यातायात व्यवस्था कार्यालय, बागमतीअन्तर्गतको सवारी चालक अनुमतिपत्र शाखा, सुकेधारा, काठमाडौंबाट शुक्रबार उनलाई नियन्त्रणमा लिइएको हो। पराजुलीको बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकोे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।