एजेन्सी- यो वर्षको नोबेल शान्ति पुरस्कार नादिया मुराद र डेनिस मुकवेजलाई बलात्कार विरुद्धको अभियानका लागि दिइएको छ। मुदार इस्लामिक आतंकवादीहरुबाट यातना खेपेकी बलात्कृत एक याजिदी समुदायकी महिला हुन्। उनी हाल याजिदो महिला मुक्तिको अभियानमा संलग्न छन्।
_x000D_
_x000D_
यस्तै मुकवेज कंगोका स्त्रीरोग विषशेज्ञ हुन्। उनले साथीको सहयोगमा दसौं हजार पीडितलाई सहयोग गरेका छन्।
_x000D_
_x000D_
शान्ति पुरस्कारका लागि ३३१ भन्दा बढी संस्थाहरु मनोनीत भएका थिए। नर्वेको राजधानी ओस्लोमा शुक्रबार नोबेल शान्ति विजेताको घोषणा भएको हो।
_x000D_
_x000D_
घोषणामा बोल्दै नोबेल पुरस्कारका सभापति बेरिस रिस एन्डरसनले भने, ‘यो पुरस्कार युद्ध हतियारको रुपमा प्रयोग भएको यौन हिंसा अन्त्य गर्ने प्रयासको लागि हो।’ पुरस्कृत दुवैले युद्ध अपराधविरुद्ध लड्न र आवाज उडाउन महत्वपूर्ण कार्य गरिरहेको उनले बताए।
_x000D_
_x000D_
मुकवेज र उनका साथीहरुले कंगोमा ३० हजारभन्दा बढी बलात्कृत महिलालाई उपचार गरेको बताइएको छ। योसँगै उनीहरुले युद्धको क्रममा हुने यौन हिंसाको उपचारको क्षेत्रमा दक्षता पनि हासिल गरेका छन्।
_x000D_
_x000D_
मुराद २०१४ मा इस्लामिक आतंककारीको कब्जाबाट छुटेपछि मानव बेचबिखनविरुद्ध अभियान चलाउँदै आएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।