धनगढी- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानीका बारेमा गलत समाचार प्रकाशन गरेको भन्दै कैलालीको अत्तरियामा राष्ट्रिय पत्रिकाहरु जलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
कान्तिपुर, नागरिक, अन्नपूर्ण, काठमाडौं पोस्ट लगायतका दैनिक पत्रिका जलाएको आरोपमा प्रहरीले अत्तरियाबाट ४ जनालाई पक्राउ गरेको हो। अत्तरियाका स्थानीय दुर्गा अधिकारी, धर्म कुँवर, महावीर विक र धर्मानन्द नाथलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
राष्ट्रिय पत्रिकाले गोदावरीका विरुद्ध समाचार लेखेको भन्दै बुधबार बिहानै पत्रिका जलाइएको थियो। नेपालगञ्जबाट सुदूरपश्चिम प्रदेशमा ल्याउने क्रममा अत्तरीयाका युवाले गाडीबाट जबरजस्ती निकालेर पत्रिका जलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।