काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि आन्दोलनको विकल्प नभएको नेपाल मानव अधिकार संगठनले जनाएको छ।
_x000D_
_x000D_
संगठनको कार्यालय अनामनगरमा पत्रकार सम्मेलन गर्दै संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले सो कुरा बताएका हुन्।
_x000D_
_x000D_
सरकारले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायको निम्ति कुनै ठोस पहल नगरेकाले बाध्य भएर आन्दोलनमा जानुको विकल्प नभएको संगठनले जनाएको छ।
_x000D_
_x000D_
'प्रधानमन्त्रीले हत्यार पत्ता लाग्न १२ वर्षषम्म पनि लाग्न सक्छ भन्न, गृहमन्त्रीले निर्मला पन्त जस्ता धेरै पीडित छन् उनीहरुले न्याय पाउन केही समय लाग्ने बताउँदै आएका छन्’ संगठनका अध्यक्ष अर्यालले भने, ‘यसको आसय सरकार निर्मलाको निम्ति गम्भीर छैन भन्ने हो। त्यही भएर न्यायकै लागि दबाब दिन आन्दोलनमा जानु परेको हो।’
_x000D_
_x000D_
_x000D_
प्रहरी प्रसाशन सबै प्रमाण नष्ट गरेर घटना लुकाउन खोज्ने र त्यस्ता प्रहरीलाई जोगाउन सरकार लागि पर्नु गम्भीर विषय भएकाे भन्दै संगठनले अापत्ति जनायाे।
_x000D_
_x000D_
शनिबारबाटै शान्तिपूर्ण आन्दोलनमा जाने संगठनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।