• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

दूध बिक्री नभएर किसान आन्दोलनमा, बाहिरी मूलुकबाट भित्रियो डेढ अर्बको दुग्धजन्य पदार्थ

64x64
कल्पना घिमिरे बिहीबार, फागुन १०, २०८०  २०:४५
1140x725

काठमाडौं– आइतबार चितवनका किसान दूध बिक्री नभएको र बिक्री भएको दूधको भूक्तानीसमेत समयमा नपाएको भन्दै दूध पोखेर सडकमा उत्रिए।उनीहरु दूग्ध उत्पादक किसानका समस्या समाधान गर्नका लागि कृषि मन्त्री वेदूराम भुसाल उदासिन रहेको भन्दै राजीनामा माग गर्दै सडकमा दूध पोखेर आन्दोलित भएका थिए।

चितवनका किसानको करिब ५२ करोड रुपैयाँ डेरी उद्योगले भुक्तानी गर्न आनाकानी गरिरहेको र किसानका समस्या समाधान गर्न कृषिमन्त्री भुसाल संवेदनशील नभएकाले ध्यानाकर्षण गराउन करिब  सय लिट दूध पोख्न बाध्य भएको दुग्ध उत्पादक सहकारी संस्था चितवनका अध्यक्ष किशोर बगालेले बताए।

सरकारले दुग्ध उत्पादक किसानका समस्या समाधान नगरेको भन्दै फेरि किसानहरु आन्दोलित हुने भएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानको संगठन राष्ट्रिय किसान सञ्जालले सरकार समक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएको छ।

राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दूधको भूक्तानीसमेत नपाएकोप्रति पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदासमेत सरकारले वेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए।

नेपालमा दैनिक कूल  ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको सरकारी तथ्यांक छ। यस्तै करिब ३० लाख घरपरिवार दूध उत्पादन क्षेत्रमा संलग्न रहेका छन्। नेपालको कूल गार्हस्थ उत्पादनमा दूधको योगदान ६ प्रतिशत रहेको सरकारी तथ्यांकमा उल्लेख छ।

कूल उत्पादनको ५० प्रतिशत दूध बजारमा जान्छ तर लामो समयदेखि प्रतिदिन ५ देखि ६ लाख लिटर दूध पनि बिक्री हुन नसकेको नेपाल दुग्ध व्यवसायी संघका अध्यक्ष विश्वराज घिमिरे बताउँछन्। छिमेकी मुलुक भारतबाट अवैध रुपमा कच्चा दूध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भइरहेको कारण नेपाली किसानले उत्पादन गरेको दूध बिक्री नभएको घिमिरे बताउँछन्।

पशुपालक किसानहरुले एकातिर लम्पीस्किनका कारण ७५ अर्ब बढी क्षति बेहोर्न परेको अर्को तर्फ बिक्री भएको दूधको ६ अर्ब बराबरको रकम भुक्तानी नपाइरहँदा थप मारमा परेको उनको भनाइ छ।

‘लम्पी स्किन रोगको महामारीका कारण ६९ हजार बढी पशुहरू मरेका छन्। १५ लाख ३६ हजार १८० पशुहरू संक्रमित भएको बेला दूधको अभाव हुने अनुमान गरिएको थियो। यति छोटो समयमा मिल्क होलिडे हुने अवस्था सिर्जना हुनुले भारतबाट अनौपचारिक रूपमा दूध आयात भइरहेको छ भन्ने कुराको पुष्टि गर्दछ,’ घिमिरेले भने।

Ncell 2
Ncell 2
nimb
nimb

लम्पीस्किन रोगको कारण ७५ अर्ब भन्दा बढी बराबरको क्षति व्यहोर्न बाध्य भएका किसान बिक्री गरिएको दूधको करिब ६ अब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरूले भुक्तानी नगर्दा किसानलाई थप मर्का परेको उनको भनाइ छ।

‘यस्ता समस्याहरूले दुग्ध उत्पादक किसान तथा उत्पादक किसान विस्थापित हुनुपर्ने परिस्थितिप्रति समस्याहरू समाधानका लागि विभिन्न कार्यक्रमहरूमार्फत् नेपाल सरकारको बारम्बार ध्यानाकर्षण व्यवसायिक दूध गराउँदा पनि समस्या समाधान गर्न ठोस पहल भएन,’ उनले भने।

यस्तै विभिन्न मागहरुसहित आन्दोलन गरी सरकारलाई ध्यानाकर्षण गराउने उनले बताए। तर अझै बेवास्ता गरे सिंहदरबारभित्र गाईभैंसी बाधेर आन्दोलन गर्ने चेतावनीसमेत दिए।

डेढ अर्ब रुपैयाँभन्दा बढीको दुग्धजन्य वस्तु आयात 
यसरी किसानले दूध तथा दुग्धजन्य वस्तु बिक्री नभएर पोखिरहनु परेको अवस्थामा बाहिरी मुलुकबाट ठूलो परिमाणमा दुग्धजन्य वस्तु आयात  भएको छ। चालू आर्थिक वर्षको माघ मसान्तसम्म (७ महिना) मा डेढ अर्ब रुपैयाँभन्दा बढीको दूध तथा दूग्धजन्य वस्तु आयात भएको छ। ७ महिनामा १ अर्ब ५० करोढ ६४ लाख रुपैयाँ बराबरको दूध तथा दूग्धजन्य वस्तु आयात भएको हो।

Xtrem

Xtrem

जसमध्ये ८१ करोड ८९ लाख ७० हजार रुपैयाँको दुग्धजन्य विभिन्न परिकार आयात भएको छ। यस्तै ३६ करोड ५५ लाख ५३ हजार रुपैयाँको दूध पाउडर आयात भएको छ। २७ करोड ३३ लाख ५ हजार रुपैयाँको चिज, २ करोड ४० लाख ८३ हजार रुपैयाँको स्वादयुक्त दूध १ करोड ८९ लाख ४८ हजार रुपैयाँको बटर २० लाख रुपैयाँको दूधको क्रिम, ६ लाख ३२ हजार रुपैयाँको घिउ आयात भएको छ।
 
सरकारले लगायो दुग्धजन्य पदार्थ आयातमा रोक
पछिल्लो समय सरकारले स्वदेशी उत्पादन बिक्री नहुने समस्या देखिएको भन्दै दुग्धजन्य वस्तु आयातमा रोक लगाएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार बाह्य मुलुकबाट दूध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको हो।

दूध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उद्योगको समेत) सोही रूपमा हुन नसकेको तथा बाह्य मुलुकमा सम्भाव्य वस्तुको निर्यात हुन नसकेको र निरन्तर आयातको कारणले आन्तरिक दूध तथा दुग्ध जन्य पदार्थको मौज्दात भएकाले अर्को निर्णय नभएसम्मका लागि आयात स्थगित गरिएको मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार चिल्लो हटाइएको दूध (स्कीम्ड मिल्क)को पैठारीमा पूर्ण रोक लगाइएको छ। यस्तै चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी) को पैठारीमा पनि पूर्णरुपमा रोक लगाइएको छ।

यस्तै अन्यमा डेरी ह्वाइटेनर, स्किम्ड मिल्क पाउडर र होल मिल्क पाउडरमा रोक लगाइएको छ भने र परिवर्तित जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेकोमा पनि पैठारीमा पूर्ण रोक लगाइएको छ। यस्तै नौनी (बटर), घ्यू,  छुर्पी, प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज र  भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिज आयातामा पनि पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्