काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।
राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन्।
‘कम्युनिस्ट एकता आजको आवश्यकता हो। किनभने समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ’, नेता नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट नै हुनसक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।