काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बैठक सुरु भएको हो।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो धारणा राखिरहेका छन्।
जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा मुख्य गरी ६ वटा विषयमा छलफल हुनेछ। बैठकमा मुलुकको वर्तमान राजनीति, जेनजी आन्दोलन, निर्वाचन तयारी, आन्तरिक सङ्गठन व्यवस्थापन र नयाँ मनोनीत केन्द्रीय सदस्यको शपथ छलफलका एजेन्डा रहेका छन्।
त्यसबाहेक बैठकमा पार्टी एकता कार्यदल समितिले पार्टी एकताका लागि भएको छलफल र प्रगतिबारे रिपोर्ट पेस गर्नेछ। एकीकृत समाजवादीले नेता बेदुराम भुसालको नेतृत्वमा ३ सदस्यीय पार्टी एकता समिति गठन गरेको थियो। उक्त समितिले माओवादी केन्द्रसहितका वामपन्थी दलसँग एकताका लागि वार्ता गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।