काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बुधबार दिउँसो बैठक सुरु भएको हो।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो।
बैठकमा ऊर्जा, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङबाहेकका सबै मन्त्रीहरू सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।