काठमाडौं– विभिन्न हत्यामा सुपारी लिएर गोली हानी हत्या गरेका सुटरलाई छुटाइदिन्छु रकम ठगी गर्ने एक जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
हत्याका विभिन्न घटनामा गोली हानी फरार भएका भारतको मोतिहारी जिल्ला छौडादनो पञ्चायन तिनकुनिका ३२ वर्षीय सार्फ सुटर सुजित कुरमा सिंह पुस १० गते पक्राउ परेका थिए।
भारतबाट नेपाल प्रवेश गर्दै गरेका बेला प्रहरीसँगको मुठभेडमा खुट्टामा गोली लागेर घाइते भइ प्रादेशिक अस्पतालमा उपचाररत रहेकै बेला बाराको महागढीमाई नगरपालिका–१ २३ वर्षीय श्याम बाबुले सुजितलाई छुटाइदिन्छु भन्दै रकम माग गरेका थिए।
सुजितका बुबा जयमंगल सिंहसँग प्रहरी, सरकारी वकिल र अदालतमा सुजितको मुद्दामा सेटिङ मिलाइदिन्छु भन्दै साहले १६ लाख माग गरेकोमा एक लाख ९२ हजार रहम लिएका थिए।
तर त्यसपछि साह फरार भएपछि जयमंगलले प्रहरीमा उजुरी दिएका थिए। खोजी गर्दै जाँदा श्यामबाबुलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो। उनलाई आइतबार जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।