काठमाडौं– हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ।
आक्रमणको जिम्मेबारी तत्काल कसैले लिएको छैन। आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो।
एजेन्सीले भनेको छ, ‘आतंकवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर एक सय तीन पुगेको छ।’
बम विस्फोटमा अन्य एक सय ४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।