काठमाडौं– पोखराको लेकसाइटमा फुटट्रयाकमा फोटोग्राफी वापत धम्क्याउने मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीको आधारमा वडा सदस्यसहित ४ जना व्यक्तिहरुलाई पक्राउ गरी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरिएकोमा सोही कसूरमा वारदात पश्चात फरार रहेका एक जनालाई पक्राउ गरिएको छ।
पोखरा–६ बैदामका ४० का मिलन पहारीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका उनलाई बुधबार अदालतमा पेस गरिएकोमा बयान नसकिएकाले उनलाई हिरासतमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।