काठमाडौं– रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२४ बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकी छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
बुढाथोकीसमेतले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रकम ठगी गरेका थिए।
असनबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।