• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रसियन आर्मी बनेका नेपाल प्रहरीका जवानको बयान– युक्रेनको ड्रोन आक्रमणमा परियो, भागेर ज्यान जोगाए

64x64
नेपाल लाइभ मंगलबार, पुस १७, २०८०  १३:३७
1140x725
प्रतिकात्मक तस्बिर: एआई

काठमाडौं– नेपाल प्रहरीको जवान पदमा कार्यरत रहेका अजयसिंह (नाम परिवर्तन) काठमाडौं उपत्यकाकै एक युनिटमा ट्राफिक प्रहरीका रुपमा कार्यरत थिए। ट्राफिकमा कार्यरत रहे बापत आउने थप अतिरिक्त मासिक भत्ता र तलबले समेत उनको परिवार धान्न धौ–धौ भयो। 

त्यसपछि अजयसिंहले सोचे– अब विदेशिन्छु। ट्राफिकमै कार्यरत रहँदा उनको चिनजान थियो तेह्रथुमका शंकर लिम्बूसँग। चिनजानकै क्रममा लिम्बूले सुनाएका थिए–विदेश मान्छे पठाउने काम गर्छु। अजयसिंहले अब शंकरमार्फत् विदेशीने योजना बनाएर उनलाई धुम्बाराहीमा भेटे। त्यसपछि के–के भयो ? उनै ट्राफिक अजयसिंहले ट्राफिकदेखि रसियन आर्मी बनेको र त्यहाँबाट कसरी बेचेर नेपाल फर्किएको भन्नेसम्म कहानी सुनाएका छन्। 

अजयसिंहको बयान:
म नेपाल प्रहरीमा नोकरी गरी उपत्यकाकै एक कार्यालयमा ट्राफिक जवानको रुपमा कार्यरत रहेको बेलामा शंकर लिम्बूसँग भेट भयो। उक्त भेटमा शंकरले आफू रसियामा भिजिट भिसामा मान्छे पठाउने, कमाइ र बसाइ समेत सहज हुने र अहिलेसम्म धेरै नेपालीलाई पठाइसकेको बताए। 

शंकरले रसियामा प्रतिमहिना ३ लाख जति कमाइ हुन्छ भनी भनेकोमा उक्त कुराबाट म आकर्षित भएँ। मैले के काम हो रसिया भनि सोधेँ। उनले औद्योगिक क्षेत्रमा फ्याक्ट्रीहरूमा काम गर्नुपर्छ भनी आश्वस्त बनाएका थिए। के कति खर्च लाग्छ भन्दा भिसा प्रोसेस समेत गरी नेपाली ३ लाख ५० हजार र रसिया पुगेपछि हाम्रो मान्छे एयरपोर्टमा रिसिभ गर्न आउँछ र उसलाई ४०० अमेरिकन डलर दिनुपर्छ भने। उनको कुरामा म इच्छुक भइ सुरुमा २० हजार शंकर लिम्बूलाई नगद दिएँ।

त्यसपछि टिकटको लागि १ लाख १० हजार नगद दिएँ। अध्यागमन मिलाउन भनेकाले १ लाख ४० हजार र दुबईसम्म जान भिसाको लागि १ लाख समेत गरी ३ लाख ७० हजार नेपालमा नगदै दिँए। तीजको दिन मलाई सबै प्रक्रिया मिल्यो। अब रसिया उड्नुपर्छ भनेकाले म परिवारसँग बिदाई गरी २०८० साल असोज १ गते म रसिया उडेँ। 

त्यसरी रसिया पुगेपछि शंकरले भनेका व्यक्ति मलाई लिन रसियाको मस्को एयरपोर्ट आउनुभयो। रसियामा काम लगाइदिने भन्दै ४०० अमेरिकन डलर लिइ काम लगाईदिन्छु भनी मस्कोमा आर्मीको अफिसमा लानुभयो। मलाई झुक्याइ रसियन आर्मीको क्याम्पमा छिराइ उहाँ फर्किनुभयो। त्यसपछि सम्पर्क‍विहीन हुनुभयो। त्यसपछि बल्ल थाहा पाए म रसियन आर्मीमा भर्ती भएको रहेछु। 

त्यहाँ अन्य नेपालीहरुलाई सोध्दा तिमीलाई कसले फसायो? अब बाहिर जान पाइँदैन, तलब पनि पाइँदैन र युक्रेनसँग लड्न जानु पर्छ भनेपछि म आचार्य चकित भएँ। भाग्ने प्रयास गर्दा रसियन सेनाले कम्पाउण्ड घेरेको र बाहिर निस्कन समेत नदिइ मलाई बन्धक बनाइयो। १५ दिन तालिम गर्न लगाइ दिइ सिधै युक्रेनको बखमत भन्ने ठाउँमा लगी मेरो इच्छा विपरीत युद्ध लड्न लगायो। 

युद्ध लड्ने क्रममा युक्रेनतर्फ अगाडि नबढ्दा रसियन आर्मी कमाण्डरले गोली हान्छु भनि धम्की दिने गरेकाले बाध्यात्मक परिस्थित सिर्जना गरी युक्रेनका विरुद्ध युद्ध लड्न बाध्य पारियो। युद्धस्थलको अवस्था हेर्दा महिनौदेखि मारिएका व्यक्तिहरूका लासहरू यत्रतत्र छरिएको अवस्थामा थियो। मारिएका, मरेका व्यक्तिहरूको अभिलेख समेत नरहेको, चिसो ठाउँ, खाना तथा पानी समेतको कुनै व्यवस्था नभएको, खाली पेट युद्ध लड्नुपर्ने, रसियामा रहँदा कुनै पारिश्रमिक तलब समेत नदिएको अवस्थाले म मानसिक रूपले विक्षिप्त भएको थिएँ। 

Ncell 2
Ncell 2
nimb
nimb

युद्धकै क्रममा युक्रेनी सेनाले ड्रोनबाट हानेको बम लागि म लगायत अन्य ८ जना साथीहरू घाइते भयौँ। तत्‌पश्चात मलाई उपचारको लागि भनि रसियाले यूक्रेनको अतिक्रमण गरेको क्षेत्र लोहान्स अस्पतालमा भर्ना गरायो। उपचार पश्चात पुनः युद्ध लड्न लैजाने रसियनहरूको योजना थियो। तर म रसियन आर्मीको पञ्जाबाट भाग्ने योजनाअनुसार रसियनहरूको आँखा छली सादा पोसाक लगाइ उक्त अस्पतालबाट भागेँ। 

त्यसको ४ दिनपछि मस्को पुगी नेपाली दूतावासको सम्पर्कमा पुगेँ। सन् २०२३ नोभेम्बर ३० तोरेख (२०८० मंसिर १४ गते) दूतावासको पत्रअनुसार मैले नेपाल फर्की आउन अनुमति पाएँ। त्यसपछि नेपालबाट ९० हजार थप रकम मगाई म नेपाल फर्किन सफल भइ मंसिर १५ गते काठमडौं आइपुगेँ।

यसरी भिजिट भिसामा राम्रो काममा लगाउने भन्दै शंकर लिम्बू, अध्यागमनका शाखा अधिकृत नरवीर खड्का, अन्य व्यक्तिहरु रबीन घिमिरे, गोविन्द रिमालले मलाई ललाइ–फकाइ झुक्काई मानव बेचबिखन गर्ने उद्देश्यका साथ नेपालबाट रसिया पुर्‍याए। 

रसियामा लगि बन्धक बनाइ युद्ध लड्न बाध्य पारी म बाट ४ लाख ९० हजार रकम समेत लिए। यसका ग्राण्ड डिजाइनर शंकर लिम्बू समेतको पूर्ण संलग्नतामा मानव तस्करहरुले मलाई झुक्याएर रसिया पुर्‍याइ रसियन आर्मीमा भर्ना गराए।

Xtrem

Xtrem

हाल रसिया र युक्रेनबीचको युद्ध भइरहेको युद्धग्रस्त क्षेत्रमा पठाइ दिइ रसियन आर्मीले हामीजस्ता नेपाली युवाहरुलाई बन्धक बनाइ राख्ने युद्ध लड्नु पर्दा रसियन आर्मीभन्दा अगाडि फ्रन्टलाइनमा बसी युद्ध लड्नुपर्ने, फर्कि क्याम आइसकेपछि पुरै रसियन आर्मीले घेरा हाली बन्धक बनाइ दिनमा एक पटक मात्र खाना दिने गर्छन्।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने
एमालेले बोलायो संसदीय दलको बैठक
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी आइतबार, असोज १८, २०८३
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्