काठमाडौं– जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेले गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको ठहर गरेको छ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले गौशाला २६ को १८ वर्ष उमेर पुगेको ठहर गर्दै सन्दीपले उनको नाजुक आर्थिक अवस्थाको फाइदा उठाउँदै करणी गरेकोमा दोषी करार गरेको हो।
‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थाकोसमेत फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने भन्ने नदेखिएकोले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३)(ङ) बमोजिमको कसूर गरेको ठहर्छ। सो संहिताको दफा २१९ (३)(घ) बमोजिमको कसूर कायम गरी सजाय गरी पाउँ भन्ने अभियोग दावी सो हदसम्म पुग्न सक्दैन,’ फैसलाको संक्षिप्त ठहर खण्डमा भनिएको छ।
यस्तै फैसलामा अघि भनिएको छ, ‘फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ बमोजिम सजाय निर्धारण सुनुवाईको लागि मिति २०८०।०९।२५ को पेशी तोक्नु। सो मिति अगावै वादी, प्रतिवादी तथा जाहेरवाला पक्षका कानून व्यवसायीबाट सजाय पूर्वको प्रतिवेदन तथा पीडितलाई भराउनु पर्ने क्षतिपूर्तिको रकम र सोको आधारसमेत पेस गर्न लगाउनू।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।