काठमाडौं– जिल्ला अदालत काठमाडौंले क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई नाबालिग बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।
जिल्ला न्यायाधीश शिशिराज ढकालको इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो।
जिल्लाले कसुर ठहर गरेपछि कति सजाय हुने भने पछि निर्धारण गर्ने छ। फौजदारी संहिता अनुसार ३ वर्षभन्दा धेरै कैद सजाय हुने मुद्दामा सजाय पछि निर्धारण गरिन्छ।
अब अर्को बहसपछि जिल्ला अदालतले लामिछानेलाई कति सजाय हुने निर्धारण गर्ने छ। जिल्लाले उक्त दिन बहस सुनेर सजाय निर्धारण गर्ने छ। उक्त दिन न्यायाधीश ढकालकै इजलासमा पेसी हुने छ।
जिल्ला अदालतले सजाय निर्धारणका लागि सुनुवाइ हुने मिति पुस २५ गतेका लागि तोकेको छ। उक्त दिन अदालतले कति सजाय र जरिवाना हुनेबारे निर्णय सुनाउने छ। उक्त फैसलापछि सन्दीप थुनामा बस्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।