काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उनका कानुन व्यवसायीको बहस सकिएको छ। योसँगै अब जवाफी बहस सकेर फैसला सुनाउने न्यायाधीशले बताएका छन्।
त्यसअघि न्यायाधीशले घटना भएको दिनको सीसीटीभी फुटेज हेर्नुपर्ने देखिएको भन्दै हेर्ने व्यवस्था मिलाउन भनेका छन्। घटना भएको दिनमा पीडित र पीडकको व्यवहारले पनि सहमतिमा भएको थियो कि जबरजस्ती करणीजस्ता कुरा पुष्टि हुने र अरु प्रमाणहरु देखिने भन्दै न्यायाधीशले सीसीटीभी फुटेज हेर्न इच्छा व्यक्त गरेका हुन्।
न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनुअघि यस्तो निर्णय गरेका हुन्। गत आइतबारदेखि उक्त मुद्दा सुनुवाइ चलिरहेको छ।
नेपाली क्रिकेट टिमका सदस्य लामिछानेले पीडित गौशालालाई फकाएर नगरकोट घुमाएर काठमाडौंको एक होटलमा लगि बलात्कार गरेको अभियोगपत्रमा दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।