• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्वास्थ्य मन्त्रालयले बजेट कटौती गर्दा वीर अस्पतालमा अक्सिजनको आपूर्ति रोकिने खतरा

लक्ष्मी चौलागाईं बिहीबार, पुस १२, २०८०  ०८:३१
1140x725

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट कटौती गर्दा वीर अस्पताललाई अक्सिजनको बक्यौता तिर्न मुस्किल परेको छ। बक्यौता भुक्तानी नगरिए अस्पतालमा सप्लाइ गरिने अक्सिजन रोकिने चेतावनीसहितको पत्र शंकर ग्यास कम्पनीले अस्पताललाई पठाएको छ। 

पहिलेको भन्दा बजेट कटौती भएर आएपछि अस्पतालले अक्सिजन आपूर्ति गर्दै आइरहेको शंकर ग्यास कम्पनीलाई भुक्तानी दिन सकेको छैन। भुक्तानी बाँकी झन्डै २ करोड पुगेको भन्दै कम्पनीले अस्पताललाई अक्सिजन दिन नसकिने बताएको छ।

अक्सिजन आपूर्ति गरेबापतको रकम नपाएको भन्दै शंकर ग्यास कम्पनीले अक्सिजनको आपूर्ति रोक्ने चेतावनीसहित अस्पताललाई पत्र समेत पठाइसकेको वीर अस्पतालका निर्देशक डा सन्तोष  पौडेल बताउँछन्। 

‘वीर अस्पतालले १ अर्ब ५६ करोड अनुमानित बजेटको माग गर्दे मन्त्रालयमा पेस गरेको थियो। मन्त्रालयले मागिएको भन्दा आधा बढी बजेट कटौती गर्दै ७३ करोड बजेट अस्पताललाई विनियोजन गर्‍यो। उक्त बजेटले अत्यावश्यक विषयहरुलाई समेट्न नसक्दा यस्तो अवस्था आएको हो,’ डा पौडेलले भने।

अस्पतालको आन्तरिक बजेटको करिब ८० प्रतिशत कर्मचारीको तलब भत्तामा खर्च हुने गरेको डा पौडेल बताउँछन्। त्यस्तै अघिल्लो वर्षको नियमित बजेटअन्तर्गत अस्पतालले पाउँदै आएको बजेटमा अक्सिजनको शीर्षकमा बजेट नआएका कारण अक्सिजन आपूर्ति कम्पनीलाई पैसा तिर्न बाँकी रहेको पौडेलले बताए। अघिल्लो आर्थिक वर्षमा अक्सिजन खरिद शीर्षकमा मन्त्रालयबाट करिब साढे २ करोड रकम विनियोजन भएको थियो।  

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्रोत सुनिश्चित नगरी शय्या नि:शुल्क गरिदिएका छन्। प्रचारका लागि बिना योजना गरिएको उक्त निर्णयको असर देखिन थालेको छ। वीर अस्पतालसँग ग्यास उत्पादक कम्पनीलाई बक्यौता रकम तिर्ने स्रोत नभएको निर्देशक डा पौडेल बताउँछन्। 

68ea2493-84f0-4108-b1fc-0828065cf44b-1703678347.jpg

कम्पनीलाई आपूर्ति ठप्प नपारिदिनका आग्रह गरिरहेको उनी बताउँछन्। ‘कम्पनीले हाम्रो आग्रहलाई नमानेको अवस्थामा नेपालको सबैभन्दा जेठो तथा केन्द्रीय अस्पतालमा अक्सिजन अभावका कारण हाहाकार मच्चिने अवस्था आउन सक्छ,’ निर्देशक डा पौडेल भन्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

आइसीयू,  इमर्जेन्सी तथा वार्डहरुमा बिरामीको चाप बढ्दो अवस्था रहेका बेला अक्सिजनको आपूर्ति रोकिएमा भयावह अवस्थाको सिर्जना हुने भएकाले आफूले पहल गरिरहेको उनले बताए।  

अस्पतालले यस विषयमा स्वास्थ्य मन्त्रालयसँग पटक-पटक छलफल गरेको छ। स्वास्थ्यमन्त्री बस्नेतले बर्खास्त गरेका निर्देशक डा पौडेल अदालतको आदेशले फर्किएपछि मन्त्रालयले सुनुवाइ नगरेको बुझिएको छ। मन्त्री बस्नेतको डा पौडेलसँग चिसिएको सम्बन्धले बिरामीलाई असर पर्न थालेको कर्मचारीहरु बताउँछन्। 

‘अक्सिजन आपूर्ति जस्तो संवेदनशील विषयलाई नरोक्नका हामी शंकर ग्यास कम्पनीलाई आग्रह गरिरह छौँ,’ डा पौडेलले भने। यस प्रकारको गम्भीर विषयमा समेत राज्य संवेदनशील नहुँदा समस्या आएको डा पौडेल बताउँछन्। 

वीर अस्पतालमा एउटा अक्सिन कन्सन्टेटरबाट अक्सिजन उत्पादन भइरहेको अवस्था छ। त्यस्तै अस्पतालले टेन्डर प्रक्रियाबाट तरल अक्सिजन किनिरहेको छ। यद्यपि यी विकल्पले मात्रै दैनिक अक्सिजन आपूर्तिलाई धान्न सक्ने अवस्था नभएको डा पौडेल बताउँछन्। केन्द्रीय स्तरको ठूलो तथा सरकारी अस्पतालमा यस्तो अवस्थाको सिर्जनालाई राज्यले जिम्मेवारी नलिएर उन्मुक्ति पाउने अवस्था नरहेको डा पौडेलको तर्क छ। 

वीर अस्पतालमा रहेको अक्सिजन प्लान्ट अहिले बिग्रिएको छ। हाल अक्सिजन उत्पादन गरेर वार्ड लगायत ओटीमा पठाउन चौधरी ग्रुपको सहयोगमा जोडिएका २ वटा ड्राई अक्सिजन प्लान्ट बिग्रिएका छन्। ती बनाउने स्रोत समेत अस्पतालले जुटाउन सकेको छैन।

वीर अस्पतालले ३० वटा पोर्टेबल अक्सिजन सिलिन्डर खरिद गर्दै आइरहेको छ। जुन शल्यक्रिया गरिएका बिरामीहरुलाई वार्डमा लैजाँदा प्रयोग हुन्छ। वीर अस्पतालमा शंकर ग्यास कम्पनीको दुईवटा रिक्युट प्लान्ट छन्, जसले दैनिक रुपमा २ हजार ५६४ केजी अक्सिजन उत्पादन गर्दै आएका छन्। त्यही उत्पादनले ७०० बेडलाई धानेको छ। 

वीर अस्पतालमा आउने दैनिक ३०० देखि ३५० हाराहारीमा बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने गर्छ। जसमा दैनिक १ लाख १९ हजार रुपैयाँ बराबर खर्च हुने गरेको छ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
महिला मन्त्री बादीसँग संयुक्त राष्ट्र महिला प्रतिनिधिमण्डलको शिष्टाचार भेट तथा छलफल
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा
इरानले हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन : कतार
सम्बन्धित सामग्री
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि... मंगलबार, वैशाख २९, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । बागमती, कर्णाल... मंगलबार, वैशाख २९, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? बोर्डका अनुसार यस वर्षको एसईईमा ६५ दशमलव ९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । सोमबार, वैशाख २८, २०८३
ताजा समाचारसबै
महिला मन्त्री बादीसँग संयुक्त राष्ट्र महिला प्रतिनिधिमण्डलको शिष्टाचार भेट तथा छलफल मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
इरानले हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन : कतार मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डसँग नेपाल २ रनले पराजित मंगलबार, वैशाख २९, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्